पराग्वे जेलमा रोनाल्डिन्होको जमानत न दिएको साथै इन्टर मिलन क्लबमा सामेल नहुने मेस्सीको खुलासा
काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोन मेसीले रोनाल्डिन्होको जमानतको बारेमा सोशल मिडियामा चलेको हल्ला र इन्टर मिलान क्लबमा सामेल हुने समाचार अफबाह मात्र भएको जनाएका छन् । मेस्सी स्पेनिश फुटबल क्लब बार्सिलोनाका लागि खेल्छन्। उनले अर्जेन्टिनाको पुरानो क्लब नेभल्स ओल्ड ब्वाईजमा जाने खबर पनि गलत भएको बताएका छन्।
ब्राजिलका फुटबल लेजेन्ड रोनाल्डिन्हो नक्कली पासपोर्टको मुद्धामा पराग्वे जेलमा रहेका थिए। उनलाई भर्खर १२ करोडको जमानतमा रिहा गरिएको छ। उनी अहिले पराग्वेको राजधानी असुनसियनको एउटा होटलमा नजरबन्दमा रहेका छन्।
मेस्सीले इंस्टाग्राम पोस्ट गर्दै भने – केही दिन अघि एक मिडिया रिपोर्टमा नेवेल्स ओल्ड ब्वाईजको बारेमा भनिएको सबै गलत छ। साथै म भगवानलाई धन्यवाद दिन चाहन्छु कि कसैले यि अफवाहहरूमा विश्वास गरेन ।
मिडिया रिपोर्टहरुका अनुसार मेस्सीले रोनाल्डिन्होको जमानतको लागि पनि पैसा दिएका समाचार हरु आईरहेको थियो । मेस्सीले एक मिडीयाको फोटो सार्वजनिक गर्दै यसलाई अफवाहको संज्ञा दिएका छन। उक्त फोटोमा लेखिएको थियो, मेस्सी इन्टर मिलान जादैछन, अर्को फोटोमा रोनाल्डिन्होको जमानतको लागि पैसा दिने बारेमा लेखिएको थियो। त्यो फोटोहरु माथि मेस्सीले रातो मसीमा नम्बर १ र नम्बर २ झूटा रिपोर्टहरू हुन् भनेर प्रतिक्रिया दिएका छन ।
Facebook Comment