५१० जनामा परीक्षण सुरु गर्दै वैज्ञानिकले भने–‘बेलायतले केही हप्तामै भ्याक्सिन पाउन सक्छ’

डिसी नेपाल
३० चैत २०७६ १४:११

काठमाडौं। वैज्ञानिकहरुले बेलायतले केही हप्तामै कोरोनाभाइरस विरुद्धको भ्याक्सिन पाउन सक्ने बताएका छन् । हिजो अक्सफोर्ड विश्वविद्यालयकी प्रोफेसर साराह गिल्बर्टले आफ्नो टिमले विकास गरेको भ्याक्सिन सफल हुनेमा आफू ८० प्रतिशत विश्वस्त भएको बताएकी थिइन् । लगत्तै अर्का प्रोफेसर पिटर ओपेनशा, जो सरकारको भाइरस सल्लाहकार समितिका उपाध्यक्ष समेत हुन्, उनले प्रोफेसर गिल्बार्टको काम सफल हुन्छ कि हुँदैन भने निकै चाँडै थाहा हुने बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्युटमा कार्यरत प्रोफेसर गिल्बर्टको टिमले थामेस भ्याली क्षेत्रमा ५१० स्वयंसेवीमा ६ महिने परीक्षण सुरु गर्दैछ । तर, प्रोफेसर ओपेनशाले भने अनुसन्धानकर्ताहरुले ६ महिना पनि पर्खिनु नपर्ने बताएका छन् । प्रोफेसर ओपेनशाको भनाइ उद्धृत गर्दै डेलीमेलले लेखेको छ ‘हामीले निकै छिटो संकेतहरु देख्नेछौं । मलाई अपेक्षा छ केही हप्तामै यसले सकारात्मक नतिजा दिनेछ ।’

परीक्षणमा संलग्न स्वयंसेवीमध्ये आधालाई अक्सफोर्डको भ्याक्सिन दिइनेछ र आधालाई डमी इन्जेक्सन दिइनेछ । यदि यसले काम गरेमा वास्तविक भ्याक्सिन पाएकाहरुमध्ये कसैलाई पनि कोरोनाभाइरसको संक्रमण हुने छैन वा एकदमै न्यून मात्र संक्रमित हुनेछन् । डमी भ्याक्स्नि लिनेहरुमध्ये केही भने संक्रमित हुने र लक्षणहरु पनि देखिने अपेक्षा गरिएको छ ।

प्रोफेसर ओपेनशाका अनुसार प्रोफेसर साराहले विकसित गरेको यो उपलब्धी आश्चर्यजनक छ । उनले थपे ‘उनी भ्याक्सिन दिन सक्षम छिन् ।’ प्रोफेसर ओपेनशाका अनुसार प्रोफेसर साराह निकै ‘व्यवस्थित’ छिन् र उनले परीक्षण नभइ यसले काम गर्न भन्न नहतारिएकी हुन् । उनले ठूलो परिमाणमा भ्याक्सिन उत्पादन गर्नेतर्फ छलफल सुरु गरिसक्नुपर्ने समय भएको बताए । ‘परीक्षणको नतिजा आउँदासम्म भ्याक्सिन उत्पादनको लागि लाग्ने लगानी तयार गरिसक्नुपर्छ’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *