कोरोना महामारी, लाखौँको भीड र प्रचार
जिज्ञाशा : जान्ने, बुझ्ने, विज्ञबाट सिक्न पाउने आशा !
भारतमा ‘लकडाउन’ शुरू भएकै दिनदेखि आजसम्म १९ दिन, लाखौँको संख्यामा भीडमा हिँडेका, हिँडिराखेका जनताको अवस्था के छ ? (कोभिड १९ को लक्षण देखा पर्ने समय १४ दिन भनिएको हो क्यारे !) ती ‘जनता’ अहिले कहाँ छन् ? तीनको स्वास्थ्य अवस्था कस्तो छ ?
सन् १९४७ पछि सबै भन्दा ठूलो : जनमानसको हलचल (संभवत : केही करोड मानिसको) भनिएको त्यो भीडमा कतिको परीक्षण भएको छ कोभिड १९ ?
सामाजिक दूरी पटक्कै नदेखिएको त्यो भीडमा रहेका मध्ये कतिलाई कोरोना रोगको लक्षण देखा परेको छ ? सिकिस्त पनि छन् कि ? को सँग होला यस्ता तथ्याङ्क ? अनि त्यसको विश्लेषण ?
अहिले संसारभरका स्थापित मिडिया’ मार्फत् प्रचार गराइए जस्तो ‘भेट्यो कि मर्यो’ को अवस्था साँच्चै हो भने भारतमा यो तीन हप्तामा के भैसक्ने थियो ? दशौँ लाख नभए पनि लाखौँको अद्यावधिक स्थितिको ‘तथ्याङ्क’ देखिएको छैन, सरकारी निकाय वा ‘चौथो अङ्ग’ मार्फत्।
‘स्वतन्त्र मिडिया’ को बोलबाला रहेको आजको दुनियाँमा यस्ता तथ्याङ्क लुकाइएको भनेर मान्न त सम्भव हुन्न होला!
मुस्लिमहरूको भेलाका हजारौँ सहभागीहरूले भारतभरी मात्र हैन नेपालमा समेत भयावह रूपमा कोभिड १९ सँक्रमण गराए, खतरनाक रूपमा यो रोग फैलाए, भन्ने भारतीय मिडियाको आरोप यथार्थमा आधारित हो भने त्यो हलचलले कति लाखलाई कोरोनाले सिध्याइसकेको हुन्थ्यो ?
पुनस् स्मरण रहोस् कोभिड १९ को लक्षण देखा पर्ने समय दुई हप्ता ठहर गरेका हुन् वैज्ञानिकहरूले। उपरोक्त प्रश्नहरू जति जटिल छन् जवाफ खोज्न त्यति नै अन्यौलको अवस्थामा जाकिएका छन् ‘विवेकशील’ मानिस ।
यो अन्यौल हटाउन कसले सघाउने ?
Facebook Comment