एनसेलद्वारा पुँजीगत लाभकरको अन्तिम किस्ता १४ अर्ब ३३ करोड भुक्तानी

डिसी नेपाल
३० चैत २०७६ १४:५१

काठमाडौं । एनसेलले सरकारलाई बुझाउनुपर्ने लाभकरको अन्तिम किस्ता आइतबार भुक्तानी गरेको छ। कम्पनीले अन्तिम किस्तावापत १४ अर्ब ३३ करोड रुपैयाँ बुझाएसँगै सबै रकम भुक्तानी गरेको छ।

एनसेलले सुरुमा अग्रिम लाभ करवापत कुल लाभको १५ प्रतिशत अर्थात २२ अर्ब रुपैयाँ बुझाएको थियो। त्यसपछि बाँकी १० प्रतिशत कर तिर्ने विषयमा विवाद भएपछि मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो।

सर्वेच्चले एनसेल आफैले लाभकर बुझाउनुपर्ने फैसल्ला गरेपछि कम्पनी किस्तावन्दीमा कर दाखिला गरेको हो ।

सर्वोच्चको फैसलालगत्तै पहिलो किस्तामा चार अर्ब ५० करोड रुपैयाँ कर बुझाएको एनसेलले दोस्रो किस्तावापत ४ अर्ब ६० करोड बुझाएको थियो। अन्तिम किस्तामा १४ अर्ब ३३ करोड बुझाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *