आमाले आधा रातमा ५ जना छोराछोरीलाई नदीमा फ्याँकिदिइन्, बिहानैदेखि उद्धार जारी
काठमाडौं। आमालाई ममताकी प्रतिमूर्ति मानिन्छ । तर, केही आमा यतिसम्म क्रुर हुन सक्छन् भन्ने कल्पना पनि गर्न नसकिने घटना गएराती भएको छ । आज तकको समाचार अनुसार भारतको उत्तर प्रदेशको भदोही जिल्लाकी एक आमाले गएराती आफ्ना ५ जना सन्तानलाई गंगा नदीमा फ्याँकिदिएकी छिन् । यो घटना राती करिब २ बजेको भएको बताइएको छ ।
स्थानीय पुलिसले घटनाको जानकारी आज बिहान मात्र पाएको थियो । पुलिसले बिहानैदेखि उद्धार कार्य गरिरहेको छ तर अहिलेसम्म बालबालिकाको अत्तोपत्तो छैन । महिलाका अनुसार उनको आफ्ना पतिसँग झगडा भइरहन्थ्यो । यही कारण अत्यन्तै हैरान भएकी महिलाले रिसको झोंकमा यो कदम उठाएको बताएकी छिन् ।
भदोही पुलिसका अनुसार घटना गोपीगंज कोतलावी क्षेत्रको जहांगिराबाद गंगा घाटको हो । जहांगिराबाद गाउँकी मन्जु देवीका २ छोरा र ३ छोरी थिए । उनी राती साढे २ बजे आफ्ना छोराछोरीलाई लिएर गंगा घाट पुगिन् । त्यसपछि उनी गहिरो पानीमा गइन् र बच्चाहरुलाई नदीमा फ्याँकिदिइन् । त्यसपछि उनी घर फर्किन् । छोराछोरीहरु १२ वर्षकी वन्दना, १० वर्षकी रन्जना, ६ वर्षकी पूजा, ८ वर्षका शिवशंकर र ४ वर्षका सन्दिप भएको बताइएको छ ।
Facebook Comment