यूएईबाट नेपाली भन्छन् : हामी भाइरसले होइन भोकमरीले पक्कै मर्छौँ

डिसी नेपाल
३० चैत २०७६ १७:३५

काठमाडौँ । यूएईबाट केही नेपाली युवाहरुले आफूहरुले खान नपाएको गुनासो गरेका छन् । उनीहरुले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण आफूहरु यूएईमा समस्यामा परेको बताएका हुन् ।

घर फकर्ने तयारीमा रहेका अवस्थामा नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै स्वदेश फर्कन प्रतिबन्ध लगाएपछि आफूहरु अलपत्र परेको उनीहरुले डिसी नेपालसँग बताए । कैलाली धनगढीका रविन्द्र भट्टले करार सम्झौता सकिएकाले कम्पनिले आफूहरुलाई नहेरेको बताए । कम्पनीले वास्ता नगरेपछि विगत ४५ दिनदेखि साथिको सहारामा बसिरहेको उनको भनाइ छ ।

‘कम्पनीसँग सम्झौता सकिएर रूममा बसेको ४५ दिन भयो । मैले दूतावासलाई ५ पटक कल गरे, उनले भने ‘दूतावासले अहिले जता मिल्छ उतै बस्नु भन्यो। कम्पनीले फोन नै उठाउदैन ।’

लुकेर साथिसँगै बस्दै आएको बताउने उनले अहिले त साथिसँगै बस्न पनि गाह्रो हुँदै गएको समस्या सुनाए । ‘ साथिकोमा लुकिलुकि बसिएको छ । त्यो पनि कतिन्जेल सम्म बस्नुपर्ने हो ? कसरी आफूलाई बचाउन सकिन्छ सोच्नै सकिएको छैन,’ उनी आफ्नो समस्या सुनाउँछन ‘यत्रो दिन भैसक्यो । अब त कोरोनाले भन्दा पनि भोकमरिले मरिन्छ जस्तो छ।’

यूएईमा आफूसँगै अन्य नेपाली पनि अलपत्र अवस्थामा रहेको उनको भनाइ छ । अहिले समस्यामा परेका त्यस्ता नेपालीहरुले सामाजिक सञ्जालमा एउटा ग्रुप बनाएर आफ्ना समस्याहरु साटसाट गर्ने गरेको उनले बताए । ‘यहाँ म जस्ता धेरै छ्न । ‘हामिले नेपाली इन यूएई’ भन्ने ग्रुप बनाएको छौँ । त्यहाँ सबै पीडितले आफ्नो कुरा सेयर गर्ने गरेको छौँ,’ तर हाम्रो समस्या कस्ले हल गर्ने ? के हामी बिदेश मै मर्नुपर्ने हो ?’ सरकारवालाहरुसँग उनको प्रश्न छ ।

काभ्रेका आइसिङ मोक्ताङले काम गर्न छोडेको १६ दिन भयो । उनले अघिल्लो महिना पाएको तलब सबै घर पठाएको तर, अहिले काम नहुँदा आफू अति नै समस्यामा परेको बताए । ‘कोरोना आउँछ भन्ने थाहा थिएन । भएको पैसा पनि घर पठाइयो । अझ साथीसँग पनि मागेर पठाएको थिएँ,’ मोक्ताङ भन्छन् ‘अहिले त आफूलाई खान समेत गार्हो भयो । अरु त सेभ नै छ । तर, खानाकै समस्या भयो । ’ उनले इटालियन रेस्टुरेन्टमा काम गर्थे ।

सोही कम्पनीमा कार्यरत बिष्णु शाहको पनि गुनासो उस्तै छ । उनले पनि कम्पनिको भिसा क्यानसिल गरेर बसेको दुई महिना भयो । ‘२ महिना भयो भिसा क्यान्सिल गरेको । न घर जान पाएको छु, न खान कम्पनिले दिएको छ । भोकभोकै बस्नुपर्ने अवस्था भयो,’ शाह अगाडि भन्छन् ‘म जस्ता अरु पनि धेरै छ्न । मेरो कम्पनीमा अलपत्र परेका छौँ । हामिलाई जसरी हुन्छ नेपाल झिकाइदिन पर्यो ।’

इटालियन क्याफेमा कार्यरत बैतडिका महेन्द्र भाटले पनि कम्पनी बन्द भएपछि आफू समस्यामा परेको बताउँछन् । ‘एक्कासी काम भन्द भयो । पैसा पनि छैन,’ उनले भने ‘ अति नै पिडाभयो । तनाव भयो के खाने ?’

भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *