प्युठानमा दुई बालबालिकाको रहस्यमय मृत्यु

डिसी नेपाल
३० चैत २०७६ २१:४७

झिमरुक । प्युठानमा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नम्बर १ बाङ्गेसाल रावल टोलमा आइतबार अपराह्न घरमा मृतावस्थामा उनीहरु फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक पोषण ढकालले बताए ।

मङ्गले धामीका दुई वर्षीय छोरा गौरव र पाँच वर्षीया छोरी सिर्जना एकसाथ घरमै रहस्यमय रुपमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । सर्पको टोकाइ वा विष सेवनबाट घटना भएको हुन सक्ने स्थानीयवासीको भनाइ छ । दुवै शव परीक्षणका लागि प्युठान अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *