अमेरिकामा लकडाउन उल्लंघन गरेको भन्दै ६ जनालाई गोली हानियो

डिसी नेपाल
१ वैशाख २०७७ ९:२३

काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा घरमै बस्न दिइएको आदेश उल्लंघन गर्दै पार्टी गर्ने ६ जनालाई प्रहरीले गोली हानेको छ । शुक्रबार राती बेकर्सफिल्डको एक अपार्टमेन्ट कम्प्लेक्समा ती ६ जनालाई गोली हानिएको स्थानय शेरिफ पुलिसलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

गोली हानिएकाहरु ४ महिला १ पुरुष र १ किशोरी रहेका छन् । उनीहरुलाई नमर्नेगरी गोली हानिएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको छ । क्यालिफोर्नियामा प्रतिबन्ध लगाइएको भए पनि गएको महिनादेखि नै यसको उल्लंघनका घटनाहरु भइरहेका देखिएका छन् । क्यालिफोर्निया अमेरिकामा अत्यन्तै प्रभावित क्षेत्रमध्ये पर्दछ । यहाँ ११ अप्रिलसम्म २१ हजार ७९४ संक्रमित देखिइसकेका छन् भने ६५१ जनाको मत्यु भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *