क्रिकेट इतिहासको त्यो कालोे रात
![क्रिकेट इतिहासको त्यो कालोे रात](https://www.dcnepal.com/wp-content/uploads/2020/04/a_2018060114064979.jpg)
काठमाडौं । अप्रिल ११ लाई क्रिकेट इतिहासमा कालो दिनको रूपमा लिइन्छ। सन २००० अप्रिल ११ मा दक्षिण अफ्रीकाका पूर्व कप्तान हेन्सी क्रोन्जेले फिक्सिंगको आरोप स्वीकार गरेका थिए। फिक्सिङको आरोप स्वीकार्नु अघि क्रोन्जेले दक्षिण अफ्रिकाको क्रिकेटमा सबैभन्दा सफल कप्तानको रूपमा आफ्नो छाप छाडेका थिए। तर फिक्सिङको गल्तिले उनको सम्पूर्ण क्रिकेट करियर बर्बाद भएको थियो। फिक्सिङ आरोप स्वीकार गरेको दुई वर्ष पछि क्रोन्जेको एक विमान दुर्घटनामा निधन भयो ।
क्रोन्जेले आफ्नो क्रिकेट करियरमा कुल ६८ टेस्ट र १८८ एकदिवसीय खेल खेलेका थिए । तर ११ अप्रिल २००० मा उनको करियर अन्त्यको कथा लेखिएको थियो। क्रोनिएको सम्पर्क संजय चावला सँग जोडिएको पाइयो जो एक फिक्सिंग सिन्डिकेट थिए। क्रोनिए र संजयको कुराकानी बाहिर आए पछि फिक्सिङ भएको प्रमाणित भयो। यद्यपि अन्य तिन खेलाडी हर्सेल गिब्स, निकी बोइ र पिटर स्ट्रडमको नाम पनि खेल फिक्सिङमा मुछिएको थियो ।
सन २००० अप्रिल ११ मा रातको तिन बजे क्रोन्जेले आफ्नो गल्ती स्वीकारे। क्रोन्जेले रातको तीन बजे तत्कालिन क्रिकेट अफ्रिकाका डायरेक्टर अली लाई फोन गरेर म्याच फिक्सिङ गरेको कुरा बताए। त्यस लगत्तै क्रोन्जेको क्रिकेट करियर अन्त्य भयो।
सबैभन्दा सफल कप्तान मध्ये एक
क्रोन्जेले टेस्ट क्रिकेटको ६८ खेलमा ३ हजार ७ सय १४ रन बनाउदै कुल ४३ विकेट लिएका थिए। त्यस्तै एकदिवसीय क्रिकेटमा उनले १८८ खेल खेल्ने क्रममा ५ हजार ५ सय ६५ रन बनाउदै ११४ विकेट पनि लिए। तर फिक्सिङको आरोप स्वीकार गरे पछि क्रोन्जेलाई आजिवन प्रतिबन्ध लगाइएको थियो। उनले प्रतिबन्धको विरुद्ध पनि अपिल गरे जुन अस्वीकार गरियो।
क्रोन्जेले पहिलो पटक सन १९९४ मा अष्ट्रेलिया बिरूद्धको एकदिवसीय खेलमा टिमको नेतृत्व लिएका थिए। क्रोन्जेको कप्तानीमा अफ्रिकी टीमले खेलेको १३८ खेल मध्ये ९९ खेलमा जित हात पारेको थियो । सन २००२ जुन १ मा क्रोन्जे एक विमान दुर्घटनाको शिकार भए र उनको निधन भयो ।
Facebook Comment