८२ वर्षका वृद्धलाई होम क्वारेन्टाइनमा राखेर बिर्सिएपछि…

डिसी नेपाल
१ वैशाख २०७७ १३:५५

काठमाडौं। ८२ वर्षका वृद्धलाई १४ दिनको लागि होम क्वारेन्टाइनमा राखिएकोमा वृद्धको क्वारेन्टाइनमै मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको बाराबंकी जिल्लामा गुजरातबाट आएका ती वृद्धलाई होम क्वारेन्टाइनमा राखिएको थियो । वृद्धको मृत्यु भएपछि उनको शव घरमै सडिरह्यो तर प्रशासनले पत्तै पाएन ।

आज तकका अनुसार मृतक वृद्धका राम सेवकका दुई छोराहरु गुजरातमा काम गर्छन् । छोराहरुलाई भेट्न गएका वृद्ध २२ माचएमा घर फर्केका थिए । उनी गुजरातबाट फर्केको खबर पाएपछि प्रशासनले २३ मार्चमा उनको परीक्षण गराएर उनलाई १४ दिनको लागि होम क्वारेन्टाइनमा राखेको थियो । होम क्वारेन्टाइनमा राखेपछि प्रशासनले उनलाई त्यत्तिकै छाड्यो । पछिल्लो २ दिनमा वृद्ध घरबाट बाहिर ननिस्किएपछि छिमेकीहरुलाई चिन्ता भयो ।

कोरोनाभाइरसको ज्ञासका कारण छिमेकीले घरभित्र जाने हिम्मत गरेनन् । वृद्धको घरभित्रै मृत्यु भयो । लाश घरभित्रै सड्न थालेपछि बाहिर दुर्गन्ध फैलियो । दुर्गन्ध फैलिन थालेपछि पुलिलाई खबर दिइयो । शुक्रबार अबेर राती पुलिस पुग्दा वृद्धको शव सडिरहेको अवस्थामा भेटियो । जाँचको लागि वृद्धको नमूना प्रयोगशाला पठाइएको छ । शवको पोष्टमार्टम भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *