प्युठानका धार्मिकस्थलमा छैन रौनक

डिसी नेपाल
१ वैशाख २०७७ १८:१९

झिमरुक । प्युठानका धार्मिक तथा पर्यटकीयस्थल सुनसान छन् । पश्चिम नेपालको ऐतिहासिक तथा पर्यटकीय धार्मिक तीर्थस्थल स्वर्गद्वारीमा पनि लकडाउनको प्रभावमा प¥यो । स्वर्गद्वारीम चैत ८ गतेदेखि दर्शनार्थीलाई प्रवेशमा रोक लगाइएको छ । प्रत्येक नयाँ वर्षका दिन करीब सात हजारभन्दा बढी दर्शनार्थी पुग्ने स्वर्गद्वारीम् यस वर्ष लकडाउनका कारण खाली छ ।

स्वर्गद्वारीसंँगै पर्यटकीय तीर्थस्थल गौमुखी, मल्लरानी, भित्रीकोट, ऐरावती, स्नाथान, ओखरकोट, दिहाल्नाचौर, बुलबुलताल, रकगार्डेन, सारीको भूबनोट, लिस्ने लेकलगायत सुनसान छन् । नयाँ वर्षका दिन राँगा, बोका, कुखुरा बलि दिइने धार्मिकस्थल झाँक्री स्थानमा पनि प्रवेश निषेध गरिएको मल्लरानी ४ खंलगाका विजय श्रेष्ठले बताए।

नयाँ वर्षको दिन लकडाउन अवज्ञा हुन नदिन विशेष सतर्कता अपनाइएको प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *