कृषि उत्पादित सामाग्री व्यवस्थापन गरेर कृषकलाई क्षतिपूर्ति देउ : नेता पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले विपद र अभावको समयमा सरकारले कृषि उत्पादित सामाग्रीको बजार ब्यबस्थापन गरेर, कृषकलाई क्षतिपुर्ति दिने व्यवस्था गर्न माग गरेका छन् ।
काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले २० दिनदेखि जारी लकडाउनकाबीच उपभोग्य बस्तुको अभाव रहेको र कृषकहरू आफ्नो उत्पादन नष्ट गर्न बाध्य भएको अवस्थामा सरकारले उत्पादित सामाग्रीको बजार व्यवस्थापन गरेर नष्ट हुनबाट रोक्न माग गरेका हुन् ।
नेपाल पौडेलले, “कृषि पेशालाई प्रोत्साहन दिएर आत्मनिर्भर हुनुपर्ने अबको आबश्यकता हो, तर यस्तो बिपत र अभावमा सरकार उत्पादिन सामाग्रीको बजार ब्यबस्थापन गरेर नष्ट हुनबाट किन रोक्न सक्दैन ? कृषकलाई क्षतिपुर्ति दिने ब्यबस्था किन हुदैन ?” भन्दै प्रश्न गरेका छन् ।
उपभोग्य बस्तुको अभाव छ तर कृषकहरू आफ्नो उत्पादन नष्ट गर्न बाध्य छन्।कृषि पेशालाई प्रोत्साहन दिएर आत्मनिर्भर हुनुपर्ने अबको आबश्यकता हो तर यस्तो बिपत र अभाबमा सरकार उत्पादिन सामाग्रीको बजार ब्यबस्थापन गरेर नष्ट हुनबाट किन रोक्न सक्दैन?कृषकलाई क्षतिपुर्ति दिने ब्यबस्था किन हुदैन?
— Pradip Paudel (@paudelpradipNC) April 13, 2020
विश्वका २१० देशमा देखिएको कोरोना भाइरसको महामारीसँगै नेपालमा पनि यसको संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म नेपालमा १४ जनामा कोरोना पुष्टी भएको छ । जसमध्ये एक जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।
Facebook Comment