मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन एक हप्ता थपिने

डिसी नेपाल
२ वैशाख २०७७ १०:१०

काठमाडौँ। नेपाल सरकार मन्त्रिपरिषदको बैठक बालुवाटारमा बस्दैछ। अहिले ११ बजे बैठक बस्ने मन्त्रिपरिषद् बैठकमा जारी लकडाउनका विषयमा छलफल हुने बताइएकाे छ। स्राेतका अनुसार बैठकले देशमा हाल जारी लकडाउनको अवधि कम्तीमा एक हप्ता थप्ने निर्णय गर्नेछ।

‘अहिलेकाे अवस्था हेर्दा जारी लकडाउन बढाउने विषयमा दुइमत रहेन,’ स्राेतले भन्याे, ‘ मन्त्रिपरिषद बैठकले एक हप्ता लकडाउन थप गर्ने निर्णय गर्दैछ।’

सरकारले यसअघि बुधबार ३ गते राति १२ बजेसम्मका लागि लकडाउनको अवधि जारी गरेको थियो। तर वीरगन्ज, कैलाली, काठमाडौँलगायतका स्थानमा केही दिनयता कोरोनाका थप विरामी देखिएकोले यो लकडाउनको अवधिलाई एक हप्तादेखि बढीमा १० दिनसम्मका लागि थप्ने तयारी सरकारले गरेको सो समाचार स्रोतले बतायो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *