कोरोना राहत कोषमा युनाइटेड क्लबको एक लाख

डिसी नेपाल
२ वैशाख २०७७ १६:१६

पोखरा । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । पोखरा अमरसिंहचोकको पोखरा युनाइटेड क्लबले मंगलबार १ लाख सहयोग गरेको छ ।

पोखरा युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ, निवर्तमान अध्यक्ष सुकबहादुर गुरुङ र प्रथम उपाध्यक्ष राजु श्रेष्ठको टोलीले महानगरका प्रमुख मानबहादुर जिसीलाई १ लाखको चेक हस्तान्तरण गरेका हुन्।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोगथामका गर्न सरकारले लगाएको लकडाउनले समाजका मजदुर एवं विपन्न वर्गलाई राहत प्रदान गर्ने लक्ष्यका साथ स्थापना गरिएको राहत कोषमा हालसम्म ३ करोड ७८ लाख ३५ हजार ३ सय ९१ सङ्कलन भइसकेको छ ।

महानगरपालिकाले २ करोड राखेर राहत कोष स्थापना गरेको कोषमा महानगरका सम्पूर्ण कर्मचारीका तर्पmबाट ४८ लाख ५० हजार, प्रदेश सरकारको १ करोड र विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोग रहेको महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *