एएफसीद्वारा मे र जुन महिनामा तय भएका सम्पूर्ण खेल स्थगित

डिसी नेपाल
२ वैशाख २०७७ १८:०५

एजेन्सी । एसियन फुटबल फेडेरेसन (एएफसी) ले आगामी मे र जुन महिनामा तय भएको सम्पूर्ण अन्तर्राष्ट्रिय खेल र प्रतियोगिता स्थगित गरेको छ ।

मलेसियाको क्वालालम्पुरमा मंगलबार बसेको एएफसीको बैठकले कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै मे र जुन महिनाको सम्पूर्ण फुटबल स्थगित गर्ने निर्णय गरेको हो ।

एएफसीले अर्को सूचना जारी नभएसम्मका लागि तय भएको खेल र प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको जनाएको छ । एएफसीले यस अघि मार्च र अप्रिलमा तय भएको अन्तर्राष्ट्रिय खेल र प्रतियोगिता स्थगित गरेको थियो ।

कोरोनाले विश्वभर १ लाख बढी मानिसको मृत्यु भईसकेको छ । कोरोनाकै कारण यस वर्ष आयोजना हुने युरोकप र ओलम्पिक खेलकुद एक वर्ष स्थगित गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *