अध्यक्ष ढकालद्वारा ५ हजार मास्क प्रदान

डिसी नेपाल
२ वैशाख २०७७ १८:३३

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले ५ हजार मास्क सहयोग गरेका छन्। कोभिड १९ युनिफाइड कमाण्ड हस्पिटल, बलम्बुका लजिस्टिक प्रमुख डा. रुपक महर्जनलाई मास्क हस्तान्तरण गरियको परिवार दलका प्रवक्ता सन्तोष पौडेलले जाकारी दिए।

पूर्वमन्त्री ढकालले नेपाली सेना र सशस्त्र प्रहरीको सयुक्त प्रयासमा कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि अस्पताल संचालन भयकोमा खुशी ब्यक्त गर्दै विश्व महामारीको विरुद्ध लड्न सबैको सहयोग तथा एक्यबद्धता आबस्यक रहेको बताए ।

संबिधान सभाका सभासद समेत रहेका ढकालले सम्पूर्ण स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाइ उच्च मनोबलका साथ् सेवा प्रदान गर्न प्रोत्साहित गर्दै आँफु र आफ्नो पार्टी नेपाल परिवार दल आबस्यक परेको बेला जस्तोपनि सहयोग गर्न तत्पर रहेको उल्लेख गरे।

हस्पिटलको लजिस्टिक प्रमुख डा. रुपक महर्जनले सहयोगको लागी आभार व्यक्तगर्दै माक्सको उचित सदुपयोग गरिने बताए । हाल संसदमा प्रतिनिधित्व नभयपनि परिवार दल देशमा आइपर्ने हरेक संकटको सामानमा अग्रपंतिमा देखिदै आयको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *