कोरोनाको आडमा मुलुक अधिनायकवादतर्फ जाने खतरा

डिसी नेपाल
३ वैशाख २०७७ ८:०२

भर्खरै मात्र विक्रम संवतको नयाँ वर्ष सुरु भएको छ। विश्वमा नेपालीले मनाउने नयाँ वर्षको सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु।

विशेष गरेर हाम्रा जननिर्वाचित प्रधानमन्त्री जो दोस्रो पटकको मृगौला प्रत्यारोपणपछि पनि दृढतापूर्वक मुलुकको कार्ककारी प्रमुखको जिम्मेवारी रहेर देश हाँकिरहनु भएको छ। उहाँलाई विशेष गरेर शुभकामना दिन चाहन्छु।

अझ म त भन्छु अर्को निर्वाचन तपाइँले गराउनुस र तपाइँले नै जित्नुहोस्। तपाईँले नै मुलुक चलाउनुस्। तर यसअघिको निर्वाचनमा जो दुईवटा काम गर्नु भयो।

एउटा विशाल प्रजातान्त्रिक छिमेकी मुलुक भारतको नाकाबन्दीको सामना गर्दै राष्ट्रिय छवि बनाउन र अर्को सशस्त्र द्वन्द्वको नाममा १२/१४ हजार बढी नेपाली जनताको अन्त्य गर्दै राजनीतिक कलरमा अगाडि आएको शक्तिलाई आफूभित्र छिराएर जसरी यहाँसम्म आउनु भयो त्यसैगरी अब अको चुनावमा सबै दललाई मिलाउन र विशेष गरेर तराईका क्षेत्रीय दललाई आफूभित्रै छिराएर दलविहीन बहुलवाद अन्त्य र एकदलीय वा निर्दलीय चरित्रको स्वाभाव संस्कार र चरित्र विकसित र स्थापित गर्दै तपाईँ नै देश चलाउन सफल हुनुहोस्। मेरो फेरि पनि प्रधानमन्त्रीलाई शुभकामना।

संविधान प्रदत्त बहुलबादको धारणा संविधान प्रदत्त नागरिकका मौलिक हक र संसदद्वारा पारित ऐन कानुन र संविधान नै पनि एक हिसावले निलम्बित अवस्थामा पुगेको छ। यसले कानुनी शासनको अन्त्य, हुकुमी शासनको प्रारम्भ आर्थिक दृष्टिले नागरिक स्वयंमा अति कमजोर, समग्र मुलुक नै आर्थिक रुपले कमजोर हुने स्थिति आउन सक्छ ।

चिन्ता के मात्रै हो भने विश्वव्यापी महामारीले मुलुक आक्रान्त छ। सम्पूर्ण देशबासी लकडाउनमा छन्। विद्युतीय बाहेक संचारका माध्यम प्रायः सबै बन्द छन्। स्कुल कजेल, उद्योगधन्धा व्यापार व्यावसाय सबै बन्द छ। सारा मानिसको चहलपहल बन्द छ।

नेपालमा मात्रै होइन, विश्वका २१० राष्ट्रमै बन्द छ। यस्तो बेलामा सरकारले जे जस्ता काम कारवाहीहरु गरे, गराएको र अगाडि सारेको छ, त्यसले संविधान प्रदत्त बहुलबादको धारणा संविधान प्रदत्त नागरिकका मौलिक हक र संसदद्वारा पारित ऐन कानुन र संविधान नै पनि एक हिसावले निलम्बित अवस्थामा पुगेको छ।

यसले कानुनी शासनको अन्त्य, हुकुमी शासनको प्रारम्भ आर्थिक दृष्टिले नागरिक स्वयंमा अति कमजोर, समग्र मुलुक नै आर्थिक रुपले कमजोर हुने स्थिति आउन सक्छ ।

कम्युनिष्टको सिद्धान्त पहिला भत्काउने र पछि बनाउने अर्थात जनतालाई सपना बाँडेर राजनीति गर्ने जनतालाई निरीह बनाउने, आशामुखी र आफू केन्द्रित बनाउने अनि ती माथि सपना बाँड्ने र शासन गर्नेतर्फ उन्मुख हुन लागेको हो कि भन्ने चिन्ता बढिरहेको छ।

संविधानमा लेखिएको समाजवाद उम्मुखको फिलोसोफी सार्थकता तर्फ लैजान वर्तमान सत्तारुढ नेकपालाई कतै यो कोरोना भाइरसको विश्वव्यापी संक्रमणले सजिलो बनाउँदै लगेको त होइन भन्ने बहुलबाद कानुनी शासन र लोकतन्त्र चाहने नागरिकहरुमा चिन्ताको विषय हो।

किनकि विषय बस्तु धेरै छन्। चाहे प्रकाशचन्द्र लोहनीले संचारमाध्यममार्फत बोलेका कुराले वा अन्य जो कोहीले पनि हाल चिन्ताको विषय बनाएको कुराले मुलुक अधिनायकवादतर्फ जान लागेको हो कि भन्ने चिन्ता लाग्नु स्वभाविक हो।

लेखक : जगदीश दाहाल

यस्तो बेलामा पनि स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितता, त्यसबाट प्रधानमन्त्रीका वरिपरिकाले लिएका भनिएको लाभ, त्यस्ता उपर प्रधानमन्त्रीले कारवाही गर्नुको साटो र तिनका क्रियाकलापलाई ढाकछोप गर्नु संरक्षण दिनु तीमाथि कुनै कारवाही नहुनु चिन्ताको विषय हो।

यी कुरारुलाई अहिले जो कोहीले अशुभ संकेतको रुपमा हेरिरहेको भएपनि प्रमुख प्रतिपक्ष दलको नेता जो लोकतन्त्रको पहरेदार ऐतिहासिक राजनीतिक शक्ति नेपाली कांग्रेसका सभापति हुनुहुन्छ उहाँको पछिल्लो व्यवहार मुलुकको हित अनुकूल देखिएको छैन।

प्रधानमन्त्रीको निम्तो भोजन लेनदेन आफन्त सासूका जागिरका लागि सत्तापक्ष प्रधानमन्त्रीको बारम्बार पाहुना बन्ने लाभमा साझेदारी राख्ने काम जो विपक्षी दलका नेताले गर्दै हुनुहुन्छ, यसप्रति केही नागरिकहरुको चासो रहेको देखिन्छ। प्रश्न उठाएकै छन्।

तर विगतमा आफूले सत्ता चलाउँदाका करतुत उपर सरकारले छानवीन गर्न सक्ने, पोल खोल्न सक्ने र कारवही हुन सक्ने डरले सरकारले जति दिन्छ, साझेदारी भएर त्यही खाएर बस्नु र सरकारलाई सहयोग गर्न पुग्नुबाट सत्तारुढ नेकपाको एक दलीय अधियानकवादतर्फको यात्रा र बहुलवाद र संधिवानसभाद्वारा जारी लोकतान्त्रिक संविधानको अन्त्य, कानुनी शासनको अन्त्य र हुकुमी शासनतर्फ मुलुकलाई अग्रसर गराउने हो कि?

त्यही बेला मौकामा सरकार गलत बाटोमा नजाओस भन्ने मात्रै मेरो चिन्ताको विषय हो। यसमा अर्को के पनि छ भने राज्यका सबै संवैधानिक प्रमुख दुई तिहाईको र महाअभियोगको त्रासमा छन्। नहुन पो कसरी? जो हिजो लोकमानको हकमा देखियो। गोपाल पराजुलीकै हकमा पनि देखियो।

यो विश्वव्यापी कोरोनाको महामारीले संसारमै आज कोही पनि बोल्ने र भन्ने वाला छैनन्। मुलुकभित्र बाहिर सबै तैं चुप मै चुप छन्। हुन पनि किन नहुन्। यस्तो बेलामा सबै भन्दा ठूलो मानव प्राणको रक्षा नै हो। मलाइ पनि मावन प्राणको चिन्ता नभएको होइन, मानव प्राणको रक्षा हुनुपर्छ।

तर त्यही बेला मौकामा सरकार गलत बाटोमा नजाओस भन्ने मात्रै मेरो चिन्ताको विषय हो। यसमा अर्को के पनि छ भने राज्यका सबै संवैधानिक प्रमुख दुई तिहाईको र महाअभियोगको त्रासमा छन्। नहुन पो कसरी? जो हिजो लोकमानको हकमा देखियो। गोपाल पराजुलीकै हकमा पनि देखियो।

त्यतिमात्रै होइन, एमसीसीका विषयमा तत्कालीन महराका विषयमा जे देखियो। त्यसले यो दुई तिहाईको सत्तारुढ कम्युनिष्ट पार्टीको सरकार सामु कसैले मुन्टो उठाउने बोल्ने र कसैले केही गर्ने हिम्मत गर्न सक्ने देखिँदैन।

त्यसैले मेरा यी चिन्ताका विषय भन्दा म पनि अगाडि देखिएको यो विश्वव्यापी महामारी कोरोना विरुद्ध जननिर्वाचित प्रधानमन्त्रीले यो समस्याको सामना गर्न डटेर अगाडि बढुन्, सरकार यो महामारी नियन्त्रण गर्न सक्षम होस्, यो २०७७ साल प्रधानमन्त्रीका लागि नेपाली जनतालाई महामारीबाट जोगाउन सफलता मिलोस भन्ने पशुपतिनाथसँग प्राथना गर्दै शुभकामना व्यक्त गर्न चाहन्छु।

हामी सबै नेपाली एकजुट होऔं, जननिर्वाचित प्रधानमन्त्री र सरकारलाई यो अभियानमा एक जुट भएर साथ दिऔं।
अन्त्यमा २०७७सालको शुभकामना।

याे पनि पढ्नुस्

कोरोना संकटः फोहरमा मिल्काइएका हतियार उठाएर युद्ध जितिएला ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *