लकडाउनको असर : पूर्वराजादेखि युवा नेतासम्म सामाजिक सञ्जालमा सक्रिय
काठमाडौँ। यतिबेला महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) का कारण विश्व नै आक्रान्त भएको छ। त्यसबाट नेपाल अछुतो रहन कुनै भएन।
कोरोनाको उच्च जोखिम बढेपछि सरकारले घोषणा गरेको तेस्राे चरणसम्म २३ दिनको लकडाउन पूरा भइसकेको छ भने चौथो चरणमा अझै १२ दिनको लकडाउन थप भएको छ।
लकडाउनले गर्दा अहिले सम्पूर्ण मानिस घरभित्रै बस्न बाध्य भएका छन। यसरी घरभित्र बस्नुपर्दा कतिपयले विना काममा समय व्यतित गरेका छन् भने कतिपयले आफ्ना दैनिक कामकाज घरमै बसेर गरिरहेका छन्।
यस्तै अघिपछि निकै व्यस्त रहने गरेका कतिपय नेताहरु पनि यतिबेला बरमै बस्नुपरेको छ। तर कतिपय नेताहरु घरमै बसेर पनि सामाजिक सञ्जालमा निकै सक्रिय रुपमा देखा परिरहेका छन्। केही सत्ता भन्दा बाहिर रहेका नेताहरुको सामाजिक गतिबिधि हेरौँ।
प्रधानमन्त्री केपी ओली
संचारमाध्यममा आएका समाचारप्रति असन्तुष्ट प्रधानमन्त्री केपी ओली आफैं पनि सामाजिक संजालमा सक्रिय छन्। पछिल्लो समय नेपाली कामदार रहेका मुलुकका कार्यकारी प्रमुखसँग टेलिफोन वार्ता गरेको जानकारी प्रधानमन्त्रीले ट्विटरमार्फत दिने गरेका छन्।
आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग @narendramodi
टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।— KP Sharma Oli (@PM_Nepal) April 10, 2020
पूर्वराजा ज्ञानेन्द्र शाह
पूर्व राजा ज्ञानेन्द्र शाह पनि यतिबेला ट्विटरमा सक्रिय छन्। उनले ट्विटरमार्फत समयामिक र सरकारले गरेका निर्णयप्रति प्रतिक्रिया दिइरहेका हुन्छन्।
पूर्वराजाले पछिल्लो पटक नेपाली जनताले अनादिकालदेखि अवलम्बन गर्दै आएको वैदिक दर्शन विश्व जगतले स्विकारेको दाबी गरेका छन्।
उनले नयाँ वर्ष २०७७ को पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै वैदिक धर्म विश्वकै सर्वश्रेष्ठ र वैज्ञानिक भएको दाबी गरेका हुन्। कोरोना संक्रमणको बिपत घडीमा आफ्ना नागरिकको दैनिक समस्याप्रति सरकारको सम्बोधन नभएकोमा दुख व्यक्त गरेका छन्। ट्वीट गर्दै सरकारलाई झक्झक्याउने काम गरेको देखिन्छ भने जनताको मन जित्ने काम पनि गरिरहेका छन।
गगन थापा
नेपाली कांग्रेसका सांसद गगन थापा लकडाउन सुरु भएदेखि नै सामाजिक सञ्जालमा निकै सक्रिय देखिएका छन्। त्यसो त थापा यसअघि देखि नै समाजिक संजालमा सक्रिय रहँदै आएका थिए।
उनीे ट्विटरमार्फत सरकारलाई बारम्बार सुझाव, आलोचना पनि उतिकै रुपमा गरिरहेका हुन्छन्। उनले कोरोना भाइरस परीक्षणको दायरा फराकिलो पार्न सरकारलाई गर्दै आग्रह गरेका थिए।
आफूहरुले पटक–पटक परीक्षणको दायरा बढाउन माग गर्दा समेत सरकारले नसुनेझैँ गरेको उल्लेख गर्दै थापाले ट्विटरमा उल्लेख गरेका छन्। सरकारले घोषणा गरेको कोरोना कोषमा एक महिनाको तलब जम्मा गर्ने प्रस्ताव पनि गरेका छन्।
सांसदहरूको एक महिनाको तलब कोषमा जम्मा गरेर कोषलाई बलियो बनाउन उनले आग्रह गरेका छन्। ट्वीट गर्दै सांसद थापाले कोषमा धेरैभन्दा धेरै सहयोग जम्मा गर्नुपर्ने उल्लेख गरेका छन्।
डा. बाबुराम भट्टराई
संघीय समाजवादी पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सामाजिक सञ्जालमा निकै सक्रिय नेता हुन्।
उनले पनि आफ्ना राजनीतिक गतिविधि सामाजिक सञ्जाल फेसबुक र ट्विटर मार्फत नै गरिरहेका छन्। उनले सरकारलाई आलोचना र सुझाव दुवै दिएका छन।
उज्वल थापा
पहिलेदेखि नै आफ्ना राजनीतिक गतिविधिमा सामाजिक सञ्जालमा सक्रिय रहेका बिबेकशिल नेपाली दलका नेता उज्वल थापा पनि लकडाउनमा सामाजिक सञ्जालमा निकै सक्रिय देखिएका छन। उनी आफुमात्र नभै पार्टीको पुरै टिम अन्य पार्टीको तुलनामा सरकारलााई यस विपत घडीमा सहयोग गर्नमा तल्लीन देखिएका छन।
दैनिक फेसबुक लाइभमार्फत कोरोना र लकडाउनले निम्त्याएका समस्याहरुमाथी छलफल गरी सरकारलाई सहयोग गरिरहेको देखिन्छ। नेपालमा रहेका बिभिन्न भाषामा जनचेतनामुलक भिडियो बनाएर जनतालाएई सुसूचित पारेको पनि देखिन्छ।
हरेक दिन नियमित समयमा (७ बजे बेलुकी) संघीय र प्रदेश सरकारका कोरोना बिरुद्धको म्यानेजमेन्ट टिमले १५ मिनेट रेडियो वा टिभीमा प्रेस ब्रिफिगं दिन आह्वान गरेका छन्। नागरिक सचेतना, परिवारले थोरैमा धेरै बाँच्न सिक्ने, स्थानीय प्रयोगमा लाग्ने, संयमित उपभोग गर्ने। समाजलाई परनिर्भरबाट आत्मनिर्भर बनाउन चाहिने उद्यमशील, शिक्षा, स्वास्थ्य नीतिमा नवीनता र श्रृजनशीलता छिराउनलगायतका गतिबिधि केन्द्रित भएको देखिन्छ।
रविन्द्र मिश्र
साझा पार्टीका संयोजक रविन्द्र मिश्र पनि सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छन्। मिश्रले कोरोना संक्रमणविरुद्ध लड्नको लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउन सुझाव दिएपछि त्यसले नेपालको राजनीति तरंगित बन्यो। उनले
स्वस्थ्य सामग्रीको खरिदमा भ्रष्टाचारको आशंका गर्दै सरकारको आलोचना गर्न भ्याएका छन्।
Facebook Comment