लकडाउनको २३ औं : सुनसान काठमाडौं

डिसी नेपाल
३ वैशाख २०७७ १३:३२

काठमाडौं। कोरोना भाइरसको नियन्त्रणका लागि लकडाउन सुरु भएको २३ औं दिन पनि काठमडौं उपत्यका सुनसान छ।

सरकारले लकडाउनको पूर्ण रुपमा पालना गराउन सुरक्षा संयन्त्रहरुलाई परिचालन गरेको छ। खासगरी काठमाडौं उपत्यकामा मंगलबार दुई जनामा संक्रमण फेलापरेपछि झनै त्रास फैलिएको छ।

जसका कारण पनि मानिसहरु बाहिर निस्किएका छैनन्। यसअघि फाट्टफुट्ट रुपमा सडक पेटीमा देखिने मानिसहरु बुधबार देखिएका छैनन्।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै बुधबार सम्म कायम गरिएको लकडाउनलाई मंगलबार नै सरकारले १२ दिन समय थप गरी वैशाख १५ गते सम्म लम्ब्याएको छ।

यस्तै प्रशासनले पास वितरणमा समेत कडाई गरेको छ। सडकमा अत्यावस्यक सामग्रीको ढुवानी गर्ने र अत्यावस्यक काम पर्नेहरुका साधनहरु फाट्टफुट्ट चलेको देखिन्छ। प्रहरीले चोकचोकमा बसेर ती साधनहरुको नियमित चेकजाँच गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *