साइक्लिङ प्रतियोगिता टुर डे फ्रान्स स्थगित

डिसी नेपाल
३ वैशाख २०७७ १८:३८

एजेन्सी । विश्व चर्चित साइक्लिङ प्रतियोगिता टुर डे फ्रान्स स्थगित भएको छ ।

कोरोना भाईरसको कारण फ्रान्स सरकारले सार्वजनिक कार्यक्रमहरु जुलाई मध्येसम्म नगर्न निर्देशन दिएसँगै प्रतियोगिता स्थगित भएको हो । आयोजकले बुधबार प्रतियोगिता अगष्टसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

प्रतियोगिता जुन २७ देखि जुलाई १९ सम्म हुने तालिका रहेको छ । अब प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर २० सम्म हुनेछ । गत वर्ष कोलम्बियाका इगान बर्नालले जितेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *