नियमित रिपोर्टिङ गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय सस्थाहरुलाई नियमित रुपमा रिपोर्टिङ गर्न निर्देशन दिएको छ । बुधबार सूचना जारी गरी राष्ट्र बैंकमा पठाउनुपर्ने रिर्पोटहरु नियमित पठाउन निर्देशन दिएको हो ।
यसअघि राष्ट्र बैंकले लकडाउन अवधिको रिपोर्ट अवस्था सामान्य भएपछि सात दिनभित्र पठाउन सकिने व्यवस्था गरेको थियो । राष्ट्र बैंकलाई कोरोना भाइरसले पारेको प्रभाव मूल्यांकन गर्न तथ्यांक आवश्यक भएपछि निरन्तर रिर्पोट बुझाउन निर्देशन दिएको प्रवक्ता डा.गुणाकर भट्टले जानकारी दिए ।
‘गत चैत १२ गते जारी भएको बैक तथा वितीय संस्थाहरुले नेपाल राष्ट्र बैकमा गनुएपर्ने रिपोर्टिङहरु परिस्थिति सामान्य भै कार्यालय नियमित रुपमा खुलेको सात कार्यदिभित्र गर्ने व्यवस्था मिलाउने भन्ने उल्लेख थियो ।
तर, अब प्रत्येक बैंकहरुको अवस्था अध्ययन गरी विश्लेषण गर्नुपर्ने हुदा संक्रमणको जोखिमबाट सुरक्षित रहने उपाय अवलम्बन गरी अब नियमित रुपमा रिपोर्टिङ गर्नु’ बैंकद्धारा जारी सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकले भट्टको संयोजकत्वमा कोरोनाको प्रभाव मुल्यांकन समिति बनाएको छ ।
Facebook Comment