कोरोना प्रयोगशाला भैरहवामा ९१ परीक्षण

डिसी नेपाल
३ वैशाख २०७७ २२:२६

लुम्बिनी । कोरोना संक्रमण परीक्षणका लागि स्थापित प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा सञ्चालनको १० दिनमा ९० भन्दा बढी जनाको नमूना परीक्षण गरिएको छ । स्वाब परीक्षण प्रयोगशालामा प्रदेश नम्बर ५ का ९५ नमूना संकलन भएकामध्ये ९१ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ देखिएको र चार वटाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा आज अपराह्नसम्म प्रदेशका २४ अस्पताल तथा क्वारेन्टाइनले करीब सय नमूना परीक्षणका लागि पठाएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *