देवी ज्ञवालीलाई राज्यमन्त्री सरहको सुविधा, आज सपथ

काठमाडाैं। ०४६ सालपछी बनेको १५ औ ‘भूमि सम्बन्धि समस्या समाधान आयोग’ का पदाधिकारीले आज ११ बजे बालुवाटारमा सफत लिँदैछन् । प्राप्त जानकारी अनुसार अध्यक्षलाई राज्यमन्त्री सरह र सदस्यहरुलाई बिशिस्ट श्रेणी सरहको सेवा सुबिधा दिइने छ ।
घर घडेरी र खेतीपातीकालागी जग्गा उपलब्ध गराउन गठित आयोगका अध्यक्षमा देवी ज्ञवाली र चारजना सदस्य रहेका छन्। ज्ञवाली नेकपा चितवनका नेता हुन्।
उनी प्रचण्ड पुत्री रेनु दाहालसँग भरतपुर महानगरपालिकाको चुनावमा मेयर पदमा हारेका ब्यक्ति हुन्। धाँधली गरेर रेनुलाई जिताइएको र ज्ञवाली सहिद भएको चर्चा नेकपा वृत्तमा अहिले पनि हुन्छ।
यस्तै आयोगका सदस्यहरुमा जगत देउजा , सिन्धुपाल्चोक, भिमबहादुर कार्की कास्की, मन्जली शाक्य ललितपुर र दिनेशचन्द्र यादव बाँके रहेका छन्।
यसैगरी सात प्रदेश सरकारले तोकेका एक एक जना सदस्यले आयोगमा प्रतिनिधित्व गर्नेछन्। ती सदस्यले आफ्नो प्रदेशको मात्रै प्रतिनिधित्व गर्नेछन्। नेपाल सरकारका सह सचिब आयोगको सदस्य सचीव रहनेछन्।
अधिकार सम्पन्न उच्चस्तरीय यस आयोगको तीन बर्षको कार्यकाल रहनेछ। देश कोरोना संक्रमणका कारण लकडाउनमा रहेका बखत यस्ता नियुक्तिले विवाद निम्त्याउन सक्छ।
Facebook Comment