एनसेलले सर्वेक्षण मार्फत सरकारलाई कोरोनाभाइरस संक्रमित पहिचान गर्न सहयोग गर्ने
काठमाडौं। एनसेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोनाभाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्याउनबुधवार (बैशाख ०३) देखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण शुरु गरेको छ ।
यो सर्वेक्षणमा एनसेलका ग्राहक/सर्वेक्षणमा भाग लिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स १७१०० ह्यासडायल गरी कोरोनाभाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिति अनुसार १ वा २ विकल्प छानेर दिन सक्छन्।
प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भागलिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुन्छ। हटलाइन नम्बरमा कोरोनाभाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ।
यदि सर्वेक्षणमा भागलिएको कोही संक्रमणमा परेको शंकाको वर्गमा देखिए तत्काल स्वास्थ्य परामर्शका लागि एसएमएस मार्फत सुझाव दिइन्छ। यसरी संक्रमणको शंकामा परेकाहरुको विवरण सरकारको सीसीएमसीलाई पनि बुझाइन्छ।
सर्वेक्षणमा भागलिनु पूर्व नै यस सर्वेक्षणको उद्देश्य नेपाल सरकारलाई कोरोनाभाइरस महामारीको रोकथामतथा नियन्त्रणमा सहयोग पुर्याउने रहेको सुचित गरिन्छ।
“कोरोनाभाइरस विरुद्धको हाम्रो यो सामुहिक लडाईका साथै देशमा रहेका हाम्रा सबै ग्राहकको सेवा सुनिश्चित राख्न हामी प्रतिवद्ध छाैं । हाम्रो पूर्वाधार र प्लेटफर्म प्रयोग गर्दै ग्राहकमाझ ल्याइएको यो सर्वेक्षणले ग्राहकलाई आफूमा कोरोनाभाइरसको जोखिमभए/नभएको आफै थाहापाउन मद्दत गर्ने र सरकारलाई यस डाटाले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएका छाैं। यस विपद्को घडीमा हामी सबैले आ–आफ्नो तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ गर्नु पर्दछ र हामीआफ्ना १ करोड ७० लाखभन्दा बढि ग्राहकहरु र साझेदारहरुको सुस्वास्थ्यको लागिहामीप्रतिवद्ध छौं”, एनसेलकाप्रमुखकार्यकारी अधिकृत एण्डी चोङ्गले भने।
Facebook Comment