प्रहरीद्वारा घरेलु मदिरा नष्ट

डिसी नेपाल
४ वैशाख २०७७ १७:२५

काठमाडौं । महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलिले ‘लकडाउन’को समयमा बिक्री वितरणका लागि तयार पारेको विषादीयुक्त घरेलु मदिरा नष्ट गरेको छ ।

विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न तथा यसको रोकथामका लागि सरकारले लकडाउनको पूर्ण पालना गर्न अनुरोध गरिरहेको अवस्थामा निर्देशनको अवज्ञा गर्दै मदिरा बनाउने तथा बिक्री वितरण गरेको भन्ने सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

बौद्धको च्याल्दुङ गल्लीमा व्यवसायीले विभिन्न घर, टहरामा अवैधरुपमा बनाएको एक हजार लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने दुई हजार ३३० लिटर कच्चापदार्थ स्थानीय बासिन्दाको रोहवरमा नष्ट गरिएको बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

कार्कीले सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णरुपमा पालना गरी अत्यावश्यक कामबाहेक बाहिर ननिस्की सुरक्षित रहनसमेत सार्वसाधारणलाई आग्रह गर्नुभएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *