भरुवा बन्दुकसहित पक्राउ

डिसी नेपाल
४ वैशाख २०७७ १८:०५

कञ्चनपुर । कृष्णपुर नगरपालिका– ४ नमूना सामुदायिक वन क्षेत्रबाट प्रहरीले भरुवा बन्दुकसहित ५८ वर्षीय एक व्यक्तिलाई आज पक्राउ गरेको छ ।

सामुदायिक वनमा शङ्कास्पद अवस्थामा भरुवा बन्दुकसहित हिँड्दै गरेका कैलालीको गोदावरी नगरपालिका– ११ कालिका टोलका मोहनबहादुर साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए । बन्दुकसहित पक्राउ परेका साउदलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउनका लागि थप अनुसन्धानको कार्य भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *