वार्नरको टिकटकमा डेब्यु
काडमाडौं । कोरोनाभाइरस महामारीको कारण विश्वमा कतिपय प्रतियोगिता रद्द कतिपय स्थगित भएका छन्। क्रिकेटको खेल पनि यसबाट अछूतो रहेको छैन।आईसीसी लगायत विश्वभरका क्रिकेट बोर्डहरूले स्थिति सामान्य नभएसम्म सबै श्रृंखलाहरू स्थगित गरेका छन। यस्तो समयमा क्रिकेटरहरू आफ्नो परिवारसँग समय बिताउदै र मानिसहरूलाई घरमै बस्न सल्लाह दिई रहेका छन ।
लकडाउनको समयलाई सदुपयोग गर्दै अष्ट्रेलियन क्रिकेटर डेभिड वार्नर हिजोआज छोरीहरु संग टिक्टोक बनाउनमा ब्यस्त रहेका छन । डेभिड वार्नरले टिक टक भिडियो इन्स्टाग्राममा शेयर गर्दै क्याप्शनमा लेखे ” के हुँदैछ मलाई थाहा छैन ? मेरो ५ बर्षे छोरीको कारणले गर्दा मैले टिकटकमा खाता खोल्नु परेको हो र टिकटकमा मेरो फ्लोअर्सहरु छैनन, कृपया मलाई यो भिडियोमा मद्दत गर्नुहोस । वार्नर आफ्ना दुई छोरीहरूसँग उक्त भिडियोमा रमाउदै गित गाईरहेका देखिन्छन। उनका साना छोरीहरू पनि आफ्ना बुबासँग अविस्मरणीय क्षणहरू बिताउदा खुशी देखिन्छन्।
लकडाउन भएदेखि डेभिड वार्नर सोशल मिडियामा बढी सक्रिय भएका छन्। उनले हालै भारतीय स्पिनर रविन्द्र जडेजाको फेसिङ एक्शनको नक्कल गरेका थिए। वार्नरले नक्कल गरेको भिडियो आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन। यो भिडियो गत वर्ष एक विज्ञापनको शुटिंगको क्रममा लिईएको हो।
Facebook Comment