राजधानीवाट घर फर्किन दिन परिवार दलको माग
काठमाडौं। नेपाल परिवार दलले राजधानीमा जीवन यापन गर्न कठिन भएर आ-आफ्नो घर फर्कन चाहेका नागरिकहरुलाई तुरुन्त घर फर्कने ब्यबस्था गर्न सरकारको ध्यानाकर्षण गराएकाे छ।
“कि तअति बिपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई खानपानको व्यवस्था गर्नु पर्यो, कि त उनीहरुलाई आ-आफ्नो घर फर्कने प्रबन्ध मिलाई दिनु पर्यो” दलका अध्यक्ष एकनाथ ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
“थर्मोमिटर गन” द्वारा जरोको परिक्षण गरी जरो नादेखिएकाहरुलाई घर फर्कन दिने र देखिएकाहरुलाई थप परीक्षणको लागि सिफारिस गर्ने व्यवस्था मिलाउनु उचित हुने सो दलले जनाएको छ।
परिवार दलले देशको सबै साधनश्रोतको मालिक नागरिक भएकोले यस संकटको घडीमा आफना जनताको लागि सरकारले मन खुलायर ढुकुटी खोल्नुपर्छ भन्दै जनताको बाच्न पाउने अधिकारको सम्मान गर्न आग्रह गरेको छ।
कोभिड १९ नियन्त्रण तथा रोकथाम कोषमा जम्मा भएको रकमको तुरुन्त सदुपयोग गर्न र सरल तरिकाले राहत वितरण गर्न पनि परिवार दलले माग गरेको छ।
Facebook Comment