मारवाडी सेवा समितिद्वारा गृहमन्त्रालयलाई मास्क, पञ्जा र सेनिटाइजर हस्तान्तरण

डिसी नेपाल
५ वैशाख २०७७ १४:१३

काठमाडौँ। मारवाडी सेवा समितिले काठमाडौँ उपत्यकामा सरसफाईमा खटिने कर्मचारीहरुका लागि मास्क, पञ्जा र सेनिटाइजर हस्तान्तरण गरेको छ।

बुधबार काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयलाई समितिले १० हजार थान मास्क, १० हजार थान पञ्जा र एक हजार थान सेनिटाइजर प्रदान गरेको हो। कोरोना भाईरस (कोभिड १९) ले गर्दा गत चैत्र ११ गतेबाट नेपाल सरकारले लकडाउन लगाएदेखि मारवाडी सेवा समितिले दैनिक ज्यालादारी गर्दै आएका मजदूरहरुलाई लक्षित गरी एक परिवारलाई पाँच दिनसम्मका लागि राहत वितरण गर्दै आएको छ।

राहत समितिका संयोजक महावीर घिरार्ईयाका भन्छन्– हामीले १०, १२ दिनसम्म दैनिक ज्यालादारी गरी गुजारा गर्ने मजदूरहरुलाई लक्षित कार्यक्रमहरु सञ्चालन गर्याैं, तर अहिले जहाँ समस्या त्यहाँ पुग्ने हिसावले सेवालाई फराकिलो ढङ्गले अगाडि बढाएका छौं, जस अनुसार अस्पतालदेखि सफाई मजदूरहरुसम्म पुग्न सफल भएका छौं।’

त्यस्तै समितिले लकडाउनका कारण खानाको समस्यामा परेका बिरामीका लागि मारवाडी सेवा समितिले खानाको व्यवस्था गरेको जनाएको छ। संयोजक घिरार्ईयाका अनुसार राजधानीको बनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा डायलाइसिस गराइरहेका बिरामी, बिरामीका कुरुवा एवं केन्द्रका कर्मचारीका लागि मारवाडी समितिले खानाको व्यवस्था गरेको छ, समितले वैशाख १ गतेदेखि दैनिक बिहान बेलुकाको खाना एवं दिउँसो खाजासमेत दिंदै आएको छ। केन्द्रमा करिव २५० जना कर्मचारी छन्।

१९९० को भूकम्पदेखि आजका दिनसम्म देशलाई परेका हरेक असहजतामा साथ दिदै आएको मारवाडी समूदाय यतिखेर कोरोना भाइरसको महायुद्धमा सरकारलाई सहयोग गरिराखेको छ।

संयोजक घिराईयाले भने, ‘लक डाउन सुरु भएको समयदेखि नै हामीले सरकारलाई सहयोग गर्न सुरु गरेका हौं। सडकमा रहेका सुरक्षार्की, पैदल यात्रीलाई खानेपानी, खाजालगायत सामग्री उपलब्ध गरिराखेका छौं। हाम्रो मारवाडी युवा मञ्चले पाँचसय पीपीई थानप्रदान गरेको छ तथा गत शुक्रबार टेकु अस्पताललाई एकथान सेनिटाइजेशन बुथ प्रदान गरेको छ।

वीर अस्पताललाई पनि एकथान सेनिटाइजेशन बुथ हस्तारन्तरण गरिएको छ। त्यस्तै अन्य सरकारी अस्पताललाई पनि प्रदान गर्ने योजना रहेको छ।’

ज्यालादारी, विपन्न वर्ग र असहजतामा परेका ६५ सय परिवारलाई मारवाडी सेवा समितिले राहत प्रदान गरेको संयोजक घिराईयाले जानकारी दिएका छन्।

उनका अनुसार काठमाडौँ महानगरका ३२ वटै वडा कार्यालयसँग मिलेर १२ केजिका दरले खाद्य सामग्री वितरण गरिएको थियो। संयोजक घिराईया भन्छन्– जहाँ–जहाँ जनतामा समस्या त्यहाँ मारवाडी सेवा समिति निःस्वार्थका साथ उपस्थित हुन्छ, हाम्रो सेवा भावलाई सरकार, जनताले सहर्ष स्वागत गरेको छ, हामी खुसी छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *