रेमिट्यान्सले पार्ने प्रभावबारे अध्ययन गर्न छुट्टै समिति

डिसी नेपाल
५ वैशाख २०७७ १४:२१

काठमाडौं। रेमिट्यान्सले अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ। कोरोना रोकथाम उच्चस्तरिय समितिको निर्णयअनुसार राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको नेतृत्वमा ६ सदस्यीय समिति गठन भएको हो।

कोरोना भाइरसको महामारीले रेमिट्यान्स प्रवाह घट्ने भएपछि यसले पार्ने प्रभाव मूल्यांकन गरी सरकारलाई आवश्यक सुझाव दिने गरी समिति गठन भएको हो।

समितिले नेपालीहरुको प्रमुख रोजगारी गन्तव्य देशको अवस्था, रेमिट्यान्सबाट आश्रित परिवारको अवस्थाका साथै रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने उपायबारे समेत अध्ययन गरी सरकारलाई सुझाव दिनेछ। यसका लागि समितिलाई एक महिनाको समय दिइएको छ।

आयोगले कोरोना प्रभावको बारेमा छुट्टै अध्ययन समेत गरिरहेको छ। नेपालीहरु रोजगारीमा रहेका मुलुकहरूमा पनि कोरोनाको संक्रमण बढ्दै गएकाले रोजगारी गुम्ने र नेपाल भित्रने रेमिट्यान्समा समेत प्रभाव पर्ने आंकलन गरिएको छ।
हाल नेपालको कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा २५ प्रतिशत रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *