तीनवटा निजी कम्पनीसँग स्वास्थ्य सामाग्री खरिद सम्झौता

डिसी नेपाल
५ वैशाख २०७७ १५:३८

काठमाडौं। ओम्नी ग्रुपसँग स्वास्थ्य सामाग्री खरिद गर्ने निर्णयको सर्वत्र आलोचना भएपछि सम्झौता भंग गर्ने निर्णय गरेको सरकारले कोरोना नियन्त्रण रोकथाम तथा उपचारका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको छ।

शुक्रबार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले तीनवटा निजी कम्पनीसँग सम्झौता गरेका हुन्।
कोरोचा उपचारका लागि खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई), सर्जिकल तथा एन ९५ सुरक्षा सामाग्री दुई साताभित्र ल्याउने गरी महानिर्देशक श्रेष्ठले सम्झौता गरेका हुन्।

‘कारोना नियन्त्रण रोकथाम तथा उपचारका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद गर्न तीनवटा निजी कम्पनीसँग सम्झौता भएको छ,’ महानिर्देशक श्रेष्ठले डिसी नेपालसँग भने, ‘अब कोरोना उपचारका लागि खटिने स्वास्थ्यकर्मीले स्वास्थ्य सामाग्रीको अभावमा उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ।’

महानिर्देशक श्रेष्ठले स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई), सर्जिकल र एन ९५ मास्क लगायत स्वास्थ्य सामाग्री दुई हप्ताभित्र ल्याउने गरी सम्झौता भएको बताए। महानिर्देशक श्रेष्ठले सम्झौता गरेका निजी कम्पनीहरु ओम सर्जिकल, हाम्रो मेडि कन्सर्न र लुन्बिनी हेल्थ केयर हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *