चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त

डिसी नेपाल
५ वैशाख २०७७ १९:१३

काठमडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २ सय ८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई शुक्रबार जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शुक्रबार विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन् । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई सरकारले पूर्वमन्त्री पाण्डेलाई सो पदमा नियुक्तिका लागि सिफारिश गरेकामा उनले संसदीय सुनुवाइ पूरा गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *