च्यापियन्स लिगका सबै खेलहरु सक्ने तयारी

डिसी नेपाल
५ वैशाख २०७७ २०:१६

काठमाडौं । यूरोपेली फुटबल संघले कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको च्यापियन्स लिगको बाँकी खेलहरु आयोजना गर्ने योजना बनाएको छ ।

आगामी अगस्ट महिनाको २९ तारिखमा प्रतियोगिताको बाँकी रहेको खेल सक्ने बारेमा निर्णय गर्न यूरोपेली फुटबलको नियमनकारी निकायको बैठक अर्को साताका लागि डाकिएको छ । अन्तिम प्रतिस्पर्धा बाँकी रहेको सन् २०१९–२० को सिजनको प्रतियोगिता नटुङ्गिँदा विजेताको पनि टुङ्गो लाग्न सकेको छैन् ।

यूरोप भरीकै क्लवहरुको प्रतिस्पर्धारहेको च्यापियन्स लिगको आठ वटा क्वाटरफाइनलिष्ट टोली मध्य चार वटाको छनौट भइसकेको छ । तर इङ्लिस क्लव म्यानचेष्टर सिटी र स्पेनिस क्लव रियाल मड्रिड बीच खेल हुनै लाग्दा प्रतियोगिता स्थगित भएको थियो ।

यसैगरी इटालियन र स्पेनिस क्लवहरुबीचको प्रतिपस्पर्धा पनि हुन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *