कोरोनाको युद्ध जितेर घर फर्किए १ लाख ५४ हजारबढी संक्रमित (२१० देशको तालिका)

डिसी नेपाल
६ वैशाख २०७७ ७:५१

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमित १ लाख ५४ हजारबढी मानिस कोरोनाको युद्ध जितेर घर पर्किएका छन्।

यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख ५४ हजार २ सय ४७ जना संक्रमित कोरोनाका सफल उपचारपछि घर फर्किएका हुन्।

साढे २२ लाख संक्रमित

विश्का २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म २२ लाख ५० हजार ४ सय ३२ जना मानिस संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ८६ हजार ४ सय ९७ जना नयाँ कारोना संक्रमित फेला परेका छन्।

डेढ लाख बढीको मृत्यु

कोरोना भाइरसको महामारीमा परी ज्यान गुमाउनेको संख्या डेढ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म १ लाख ५४ हजार १ सय ४५ जना मानिस कोरोना संक्रमितको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ६ सय ७२ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यस्तो छ २१० देशको कोरोना अपडेट तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *