एम्बुलेन्समा आएका बिरामीलाई अस्पतालले भर्ना गरेन, ८० अस्पताल घुमाउँदा पनि कसैले मानेनन्

डिसी नेपाल
६ वैशाख २०७७ ९:५७

टोक्यो। जापानमा कोरोनाभाइरसको नयाँ लहरबाट आपतकालीन चिकित्सा प्रणाली ध्वस्त भएको छ । हालत यतिसम्म खराब भइसकेको छ कि अस्पताल नयाँ संक्रमितहरुलाई भर्ना गर्नबाट जोगिने प्रयास गर्न थालेका छन् । जापानमा कोरोनाभाइरसबाट संक्रमितको संख्या लगभग १० हजार पुगेको छ । यो रोगबाट यहाँ १९० जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी एपीका अनुसार हालै ज्वरो र सास फेर्न कठिनाइ भएका एक व्यक्तिलाई ८० वटा अस्पतालले भर्ना गर्न मानेनन् । यस्तै अर्को एक केसमा ज्वरोबाट पीडित एक व्यक्तिलाई भर्ना गर्नको लागि अस्पतालले ४० वटा क्लिनिकमा सम्पर्क गरे तर सबै क्लिनिकले भर्ना गर्न अस्वीकार गरेपछि अन्ततः घण्टौंपछि भर्ना गरियो ।

जापनिज एसोसिएसन अफ एक्युट मेडिसिन र जापानिज सोसाइटी फर इमरजेन्सी मेडिसिनका अनुसार कैयौं अस्पतालका इमरजेन्सी कक्ष यस्ता बिरामीको उपचार गर्न अस्वीकार गरिरहेका छन् जो हृदयाघात वा बाहिरी चोटको उपचारको लागि आएका छन् । भाइरसको प्रकोपले जापानमा चिकित्साको अन्तरनिहीत कमजोरीलाई उजागर गरिदिएको छ ।

विशेषज्ञहरुले सरकारमाथि आरोप लगाउँदै सेक्युरिटी गियर र उपकरणको व्यापक कमीका कारण स्वास्थ्यकर्मीलाई आफ्नो काममा समस्या भइरहेको बताएका छन् । जापानका अस्पतालमा बेड र मेडिकल स्टाफको ठूलो कमी छ । अस्पतालमा भीड र उपकरणको अभावको कारण हल्का लक्षण भएका बिरामीको उपचार भइरहेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *