कोरोना भाईरसको कारण म्याक्सवेल सहित ३ खेलाडी टिम बाहिर

डिसी नेपाल
६ वैशाख २०७७ १३:४०

काठमाडौं । कोरोनाको कारण सम्पूर्ण क्रिकेट गतिबिधिहरु ठप्प रहेको छ । क्रिकेट गतिबिधिहरु ठप्प भएको कारण सम्पूर्ण क्रिकेट बोर्डहरुले अहिले आर्थिक घाटा ब्योर्होनु परिरहेको छ जसको असर क्रिकेट खेलाडीहरु माथि पनी प्रस्ट रुपमा पर्न गएको छ ।

ईङल्यानडको काउन्टी टिम ल्यानकशायर क्रिकेट क्लबले आफ्ना ३ ठुला खेलाडीहरुलाई टिमबाट बाहिर गर्नु परेको छ । ईङलिस काउन्टी क्लबले शुक्रबार दिएको जानकारी अनुसार न्युजिल्यान्डका विजे वोटलिङ, अष्टे्रलियाका ग्लेन म्याक्सवेल र जेम्स फकनर कोरोना भाईरसको कारण रद्द भएको आगामी सत्रमा खेल्न पाउने छैनन ।

कोभिड–१९ को कारण ईङल्यान्डमा प्रतियोगिताहरु २९ मई सम्मको लागी स्थगित भएपनी प्रतियोगिता समय बढने सम्भावना पनी एकदमै प्रवल रहेको छ । ब्रिटिस सरकारले गत बिहीबार लकडाउन अझै ३ हप्तासम्म बढाउने आदेश दिउको छ । ल्यानकशायरका अनुसार खेलाडीहरुको अनुबन्धन आपसी सहमतिमा समाप्त हुनेछ ।

बुधबार अर्का काउन्टी क्रिकेट टिम केन्टले पनी आफ्नो घातक बलर मैट हेनरी संग करार समाप्त गरेको छ । हेनरीले केन्टको लागी ११ खेलमा ७५ विकेट लिउका थिए तर कोरोना भाईरसको कारण केन्टले हेनरी संगको सम्बन्ध तोडनु परेको हो ।

हेम्पसरले पनी पछिल्लो हप्ता अष्टे्रलियाका अफ स्पिनर नाथन लायन संग कोरोना भाईरसको कारण यो सत्रमा अनुबनधन समाप्त गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *