व्यापार घाटा ८.८८ प्रतिशतले घट्यो
काठमाडौं । व्यापार घाटा ८.७७ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको नौ महिनामा व्यापार घाटा ८.८८ प्रतिशतले घटेको हो। विश्वभर फैलिएको कोभिड १९ का कारण आयातमा कमी आएको र निर्यातमा केही बृद्धि हुदा व्यापारघाटा कम हुन गएको हो।
चैत महिनामासम्ममा नेपालमा हुने आयात ७.४५ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको नौ महिनासम्ममा आयात ९ खर्ब ८२ अर्ब ५३ करोड बराबर भएको छ। गत वर्ष यस्तो आयात १० खर्ब ६१ अर्ब ६१ करोड रुपैयाँ बराबरको भएको थियो।
कोरोनाको कारण चीन र तेस्रो मुलुकबाट हुने आयातमा कमी आउँदा आयात ७.४५ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ।
तर चालु आर्थिक वर्षको नौ महिनामा निर्यातमा भने १२.८८ प्रतिहतले निर्यात बढेको छ। गत आर्थिक वर्षका नौं महिनामा ६९ अर्ब ८२ करोड रुपैयाँ मात्र निर्यात भएकोमा चालु आर्थिक बर्षमा भने ७८ अर्ब ८१ करो रुपैयाँ बराबरको सामान नेपालबाट निर्यात भएको छ। यस्तै भन्सार विभागले चैत सम्ममा भन्सार राजस्व २ खर्ब ४४ अर्ब ७६ करोड रुपैयाँ उठेको छ ।
Facebook Comment