आफन्त भेट्न भन्दै आएका भारतीयका कारण नेपाल संक्रमणको उच्च जोखिममा

डिसी नेपाल
७ वैशाख २०७७ २०:५१

काठमाडौँ । छिमेकी मुलुक भारतमा उच्च दरले कोभिड–१९ (कोरोना) संक्रमण फैलिरहेका बेला नेपाल पनि त्यसको दर ह्वात्तै बढेको छ । शुक्रबार र शनिवार गरी १५ जनालाई सक्रमण देखिदा नेपालमा संक्रमितको संख्या ३१ पुग्यो । त्यसमध्ये तीन जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

शुक्रबार बिहानसम्म १६ जना संक्रमित रहेको नेपालमा साँझ एक्कासी १४ जना थपिए भने शनिवार साँझ अर्को एक जना थपिए । संक्रमितका कारण संख्या दोब्बर हुन पुग्यो । अहिले सम्म धेरै संक्रमित भारतीय नागरिक देखिएका छन् । यसरी भारतीय संक्रमितको चाप नेपालमा बढ्दै जाँदा उनीहरु रहेको स्थान, उनीहरुको शारीरिक संगतमा रहेका व्यक्तिहरु पनि प्रभावित हुने संभावना बढेको छ । यदि यस्तो भए नेपालमा दोस्रो तहका संक्रमतिहरुको संख्या पनि बढ्ने छ ।

वीरगन्जमा भारतीय मुस्लिम नागरिक र पूर्वि नेपालको उदयपुर स्थित एक मस्जिदमा लुकेर बसेका १६ जनामध्ये १२ भारतीय र एक जना नेपालीलाई संक्रमणको पुष्टि भयो । त्यस्तै चितवनका दुइजनामा पनि कोरोना संक्रमणको पुष्टि भयो । लुकिछिपी खुला नाकाबाट नेपाल छिरेका उनीहरु कोरोनाको संक्रमणबाट बच्नकै लागि नेपाल भित्रिएको आशंका गरिएको छ । कोरोना देखिएका सबै पुरुष छन् । ति मध्ये ४ जना २८ बर्षका छन् । २ जना २९ र अन्य ३४ देखि ३० बर्ष उमेरका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुरक्षा निकायको आँखा छलेर नेपाल प्रवेश गरेका उनीहरु अहिलेसम्म कति स्थानमा पुगे भन्ने अझै खुलेको छैन । उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बूढाका अनुसार भारतीय नागरिकहरु मोरङ, सुनसरी र सप्तरीका विभिन्न मस्जिदमा बसेर पाँच साताअघि उदयपुर आएका थिए । सुरुमा सिवाइस्थित मस्जिदमा बसेका उनीहरू त्यसपछि त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा सरेका थिए । केही साता त्यहाँ बसेपछि त्रियुगा नगरपालिकामा पर्ने एक मस्जिदमा उनीहरू सरेका प्रहरीले जनाएको छ ।

उनीहरु किन आएका हुन भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरुले आफन्तलाई भेट्न आएको बताए पनि त्यस्तो भरपर्दे प्रमाण भने फेला पार्न सकेको छैन । स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा पनि भारतीय सीमानाकाबाट अत्यधिक मानिस आइरहेको उल्लेख छ । उदयपुरको पछिल्लो घटनापछि सुदुरपश्चिममा ठूलो संख्यामा भारतबाट नेपाली र भारतीय प्रवेश गरिसकेको छ । जसले संक्रमण बढाएको खण्डमा त्यसक्षेत्रका तत्काल माहामारी फैलनेसक्ने सम्भावना उच्च रहेको जनाएको छ । जसको नियन्त्रणका लागि ३४ चिकित्सक र स्वास्थ्यकर्मीको टोली नै पठाइएको छ

सरकारले पछिल्लो समय लकडाउन कायम राखेर कोरोना भाइरसको केस म्यानेजमेन्छ, कन्ट्याक्ट ट्रेसिङ, पहिचान र सूचना सार्वजनिकको एकद्वार नीति अपनाएको छ । सीमा क्षेत्रमा २२ हजार शसस्त्र प्रहरी परिचालन पनि गरेको छ । तथापी लुकिछिपी नेपाल प्रवेश गर्नेको संख्या घटेको छैन् । जसका कारण यहाँका स्थानीयमा कोरोना संक्रमण एकजनामात्र रहेको अवस्थालाई वृद्धि गर्न बढावा दिइरहेको छ ।

धनगढीको एक महिलामा सरेको कोरोना नेपालको दोस्रो चरण प्रवेशको एकमात्र सूचक हो । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार हालसम्म पिसिआरमार्फत ७ हजार ६८८ र आरडिटि मार्फत १६ हजार ५६५ जनाको परिक्षण भएको छ । विदेशमा काम गर्न गएकाहरु फर्किआएपछि घरमै बसेका तथा भारतबाट फर्केकामध्येबाटै हालसम्म संक्रमण पाइएको उनको भनाई छ । उनका अनुसार उपत्यकामा ५ र बाहिर ८५ गरी ९० जना आइसोलेसनमा रहेमा छन् ।

काठमाडौँ सहित देशका १४ स्थानमा पिसिआर परिक्षण चलिरहेको छ । र्या्पिड टेस्ट भने ७४ जिल्लामा सञ्चालित छ । पछिल्लो पटक गरिएको परिक्षणको रिपोर्टले भारतबाट आएका नागरिकले नै नेपाललाई बढी नै खतरा उत्पन्न गराउन सक्ने संभावना रहेको भन्दै सरकारी तहमा यसको व्यवाप छलफल शुरु भएको छ । बिहार, उत्तराखण्डबाट नेपालमा सोझै भित्रने चोरबाटो रहेको र सीमा नाकामा रहेका शसस्त्र प्रहरीलाई बढी परिचालन गर्न सरकारी चासो बढेपनि उनीहरु राती राती नेपाल आउने गरेका छन् ।

कोरोनाबाट बच्न सहज रुपमा नेपाल भित्रने उपाय त्यहाँका बासिन्दाले अपनाइरहेका छन् । नातागोता इष्टमित्र भएकाहरु तिनकै घरमा र नभएकाहरु मन्दिर, मस्जिद जस्ता स्थानमा लुकिछिपी बस्न थालेका स्रोतको दावी छ । भारत सरकारले सीमा क्षेत्रका स्थानका आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिन नसक्नु तथा नेपालीहरुलाई सीमामा ल्याएर छाड्नु जस्ता समस्याले नेपाललाई झन जोखिममा पुर्याएको छ ।

लकडाउनमा जहाँ छन् त्यहीको सरकारले रेखदेख गर्ने विश्वस्वास्थ्य संगठनको मापदण्ड नेपाल भारत सीमानामा खुल्ला रुपले उल्लंघन भैरहेको छ । फेला पारिएका केही नागरिकलाई क्वारेन्टाइनमा राखेर हेरचाह गरिएको भएपनि लुकेर आउनेले ल्याएको संक्रमणको बढीरहेको तर्फ नेपाल सरकारले सजकता अपनाउनु पर्ने स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् ।

मस्जिद क्षेत्र पूरै ‘सिल’

वीरगन्जपछि उदयपुरको त्रियुगास्थित एक मस्जिदमा भेटिएका भारतीय नागरिकमा कोरोना पोजेटिभ देखिएपछि प्रहरीले त्यसक्षेत्रका सबै मस्जिदहरु सिल गरेको छ भने त्यस वरपरका क्षेत्रलाई पनि सिलबन्दी गरेको छ । उदयपुरबाट विराटनगर ल्याइएकामध्ये शनिबार थप एक जनाको रिपोर्ट पोजेटिभ आएपछि मोरङ ल्याएका संक्रमितको संख्या १३ पुगेको छ । कोसी अस्पतालमा गरिएको पीसीआर विधिको परीक्षणबाट शनिबार थप एक जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ ।

उदयपुरबाट शुक्रबार मध्यराति ल्याइएका १६ मध्ये संक्रमण पुष्टि भइसकेका १२ जनालाई कोभिड–१९ उपचार केन्द्रमा राखिएको थियो। उनीहरूसँगै बस्दै आएका चार जनालाई भने मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ । ती चारमध्ये एक जनाको रिपोर्टमा शंका लागेर पुनः नमुना परीक्षण गर्दा पोजेटिभ पाइएको कोसी अञ्चल अस्पतालले जनाएको छ । ती संक्रमितलाई शनिबार क्वारेन्टाइनमै सुरक्षित राखिएको छ । प्रहरीले उदयपुरका सबै धार्मिक क्षेत्रलाई निगरानीमा राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *