सरकारले निश्चित क्षेत्रमा लकडाउन खुकुलो बनाउन सक्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले सिमित क्षेत्रमा लक डाउन केही खुकुलो बनाउने बताएका छन् । उनले नीज क्षेत्रको संगठन नेपाल चेम्बर अफ कमसएसँग आइतबारको भेटमा अर्थमन्त्री खतिवडाले पुर्वाबार निमाृण र कोरोना जोखिम कम भएका क्षेत्रमा विस्तालै लकडाउन खुकुलो बनाउने बताएका हुन् ।
उनले सरकारले मानिसहरु भोकै नमरुन् भन्ने उदेश्यले आपुर्तिको व्यवस्थापन राम्रो गरेको छ, संगठित क्षेत्रका मजदुरहरुले चैत महिनाको तलव पाउने छन् भने उनीहरुको सामाजिक सुरक्षा कोषको रकम सरकारले नै दिने भनेको छ, अर्कोतर्फ मजदुरी गर्नेहरुको हकमा सरकारले राहत पनि बाडीरहेको छ ।
त्यस्तै उनले सरकारले दैनिक ज्याला नगरी खाना नपाउनेको लागि हामीले राहत वितरण गरेको हो, जसका लागि चाहिन्छ उसले मात्र राहत लिन र सक्ने मानिसहरु राहतको लाइनमा नबस्न पनि आग्रह । नेपाली श्रमीकहरु नै नेपालमा काम गर्ने वातावरण बनाउने र नीजी क्षेत्रको लागि दीर्घकालिन राहतको बजेट मार्फत घोषणा गर्ने बताए ।
त्यसैगरी उनले भौगोलिक र व्यवासयीक रुपमा लकडाउनलाई केही खुकुलो बनाउन सकिने पनि बताए ।
त्यस्तैगरी, अक्टोवरपछि चिनियाँ पर्यटक नेपालमा आउने र उनीहरुको लागि तयार रहन पर्यटन व्यवासायीलाई पनि आग्रह गरे । उनले आयात प्रतिष्थापन गर्नका लागि पेट्रोलियम पदार्थमा कर बढाइएको र इन्डक्सन चुलोको आयातमा राजस्व कम गरेको स्पष्ट पारे ।
उनले राजस्वको स्रोत आयात हो त्यो खुम्चिएको छ । राजस्व लक्ष्यको धेरै कम उठेको तर खर्चको आवश्यकता बढकोले सरकारको टेजरी सहज अवस्थामा नभएको पनि उनले स्पष्ट पारे ।
Facebook Comment