संयम्, धैर्य र उच्च मनोबलका साथ घरमै बस्न आग्रह
विराटनगर । प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राईले कोभिड–१९ को रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको आइतबार २७औँ दिनसम्म आमनागरिकले गरेको धैर्यताप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले एक सन्देश जारी गर्दै प्रदेश नं १ को विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मोरङको विराटनगरस्थित कोशी अस्पतालबाट कोरोना भाइरसको जाँच भइरहेको जानकारी दिँदै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा परीक्षण गर्ने क्रममा ११ भारतीय र दुई नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखापरेको सन्देशमा भनेका छन्।
सङ्क्रमितलाई प्रदेश सरकारले उपचारका लागि कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा राखिएको र उनिहरु चाँडै निको भएर घर फर्कने मुख्यमन्त्री राईले विश्वास व्यक्त गरेका छन् । अहिले सरकारले ‘कन्ट्याक ट्रेसिङ’ गरिरहेकाले हिजो मात्र प्रदेशबाट ६९ जनाको स्वाब सङ्कलन गरिसकेको जानकारी सन्देशमार्फत दिँदै मुख्यमन्त्री राईले सिसिएमसीमार्फत नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर आज थप नमूना सङ्कलन गरिएको जनाएका छन्।
आमनागरिक त्रसित नहुन मेरो हार्दिक अपिल गर्दै मुख्यमन्त्री राईले कोरोनाबाट बच्न र बचाउन थप सजगता र सावधानी अपाउनुपर्ने सन्देश दिएका छन् । उनले आफू, आफ्नो परिवार, समुदायमा सहयोग पु¥याउन आग्रह गर्दै धैर्य, संयम र उच्च मनोबलका साथ घरमै बसिदिन आग्रह गरेका छन् ।
Facebook Comment