मन्त्री नेम्वाङद्वारा स्वास्थ्य सुरक्षा उपकरणको प्रबन्ध

डिसी नेपाल
७ वैशाख २०७७ २१:५१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गृह जिल्ला पाँचथरमा अत्यावश्यक स्वास्थ्य सुरक्षा उपकरणको प्रबन्ध गरेका छन् । मन्त्री नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरको समन्वयमा कोभिड–१९ को सतर्कता, परीक्षण र उपचारमा आवश्यक पर्ने सामग्रीको प्रबन्ध मिलाएका छन्।

मन्त्री नेम्वाङको पहलमा २७ थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), ३३ थान थर्मल गन, ३४ हजार थान सर्जिकल मास्क, १ सय १० थान स्यानिटाइजर जिल्लामा उपलब्ध भएको नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिए । सबै सामग्री मन्त्री नेम्वाङले व्यक्तिगत पहल तथा लागतमा जिल्लामा पठाएका हुन्। स्वास्थ्य सुरक्षा सामग्री आजैदेखि स्वास्थ्य संस्था र स्थानीय तहहरुलाई वितरण थालिएको अध्यक्ष भण्डारीले बताए।

जिल्लामा सीमित सङ्ख्यामा मात्रै थर्मलगन हुँदा कोभिड–१९ सँग लक्षण मिल्ने बिरामीको तापक्रम लिनसमेत एक ठाउँबाट अर्को ठाउँ पठाउनुपर्ने अवस्था थियो । अब थर्मल गन अपुग भएका स्थानमा पु¥याउने प्रबन्ध मिलाइने अध्यक्ष भण्डारीले बताए।

पिपिई जिल्ला अस्पतालसहित जिल्लास्थित दुई निजी अस्पताल र दुईवटा प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोग गरिने भएको छ । केही थान भने स्वास्थ्य कार्यालयले मौज्दातमा राखेको छ । ठूलो सङ्ख्यामा प्राप्त भएका मास्क वडास्तरमा वडा कार्यालय र नेकपाको पार्टी कमिटीले कमजोर आर्थिक अवस्थाका परिवारलाई वितरण गर्ने अध्यक्ष भण्डारीले बताए । स्वास्थ्य सामग्रीको उपलब्धताले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र क्वारेन्टाइनमा रहेका बिरामीको मनोबलमा वृद्धि हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *