राष्ट्र बैंकले आज पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने
काठमाडाैं। नेपाल राष्ट्र बैंकले सोमबार (आज) रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।
बैंकले कूल ९१ दिने अवधिका लागि रु २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ। सो बिल आगामी साउन ६ गते परिपक्व हुनेछ।
यस्तै रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो। उक्त परिमाणको ट्रेजरी बिल आगामी कात्तिक ४ गते परिपक्व हुनेछ। बैंकले यसअघि गत चैत ३० गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो।
प्रतिक्रिया
Facebook Comment