चीनको प्रयोगशालामा भाइरस भरिएको फ्रिजको सील टुटेको थियो ? फोटोले बढायो शंका

डिसी नेपाल
८ वैशाख २०७७ ९:३७

काठमाडौं। कोरोनाभाइरसको संक्रमण लगातार बढिरहेको छ । यसका साथै पश्चिमा देशहरुले चीन सरकार र वुहान इन्ष्टिच्युट अफ भाइरोलोजीमाथि लगातार प्रश्न उठाइरहेका छन् । कैयौंले भाइरस चीनको प्रयोगशालाबाट लिक भएर मानिससम्म पुगेको थ्योरी बलियो भएको बताइरहेका छन् । अमेरिकाले पनि यो प्रयोगशालाको जाँच गर्नुपर्ने बताइसकेको छ । पछिल्लो समय केही तस्वीरहरुको आधारमा चीनको वुहान इन्ष्टिच्युट अफ भाइरोलोजीमा भाइरस भण्डार गरेर राखिएको फ्रिजको सील टुटेको दावी गरिएको छ ।

वुहान इन्ष्टिच्युट अफ भाइरोलोजीका यी तस्वीरहरु पहिलो पटक चाइना डेलीले आफ्नो ट्वीटरमा प्रकाशित गरेको थियो । तर, पछि यो ट्वीट हटाइएको थियो । यही हप्ता यी फोटोहरु सामाजिक संजालमा फेरि भाइरल भए । डेलीमेलको रिपोर्ट अनुसार चाइना डेलीले फोटो पोस्ट गर्दै लेखेको थियो ‘एसियाको सबैभन्दा ठूलो भाइरस बैंकमाथि एक नजर । सेन्ट्रल चीनको हुबेइमा स्थित वुहान इन्ष्टिच्युट अफ भाइरोलोजीले १५०० भन्दा धेरै भाइरस स्ट्रेनहरुलाई संरक्षित गरेर राखेको छ ।’

यी तस्वीरमा सामाजिक संजालमार्फत प्रतिक्रिया दिँदै एक युजरले लेखेका छन् ‘हाम्रो किचनको फ्रिजको सील योभन्दा राम्रो हुन्छ ।’ मिडियामा वुहानको ल्याबमाथि प्रश्न उठेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसको जाँच गर्ने बताएका थिए । ट्रम्पले शुक्रबार अमेरिकाको तर्फबाट वुहान इन्ष्टिच्युटलाई दिइने अनुदान पनि रोक्ने बताएका थिए । अमेरिकी विदेश मन्त्री मार्क पोम्पियोले पनि ल्याबबाट भाइरस लिक भएको विषयमा चीनले प्रस्ट बताउनुपर्ने भनेका थिए ।

अमेरिकी विदेश मन्त्री पोम्पिियोले भनेका थिए ‘यदि चीन विश्वका वैज्ञानिकहरुलाई आफूकहाँ आउन दिने र भाइरस कसरी फैलियो भन्ने बताउने हो भने यो सबैभन्दा राम्रो सहयोग हुने बताएका थिए । वाशिङटन पोस्टले एक रिपोर्टमा अमेरिकी कुटनीतित्रले २०१८ मा वुहानको ल्याबको जानकारी पठाएको र ल्याबमा चमेरामा पाइने भाइरसका विषयमा काम भइरहेको उल्लेख गरेको लेखेको थियो । उसले यसबाट नयाँ किसिमको सार्स जस्तो महामारी फैलिने खतरा भएको उल्लेख गरिएको थियो । चीन सरकारले भने ल्याबमाथि लगाइएका सबै आरोपलाई खारेज गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *