प्रयोगशालाले पूर्ण रुपमा स्वस्थ १९ जनालाई कोरोनाभाइरस संक्रमित भनिदिएपछि …

डिसी नेपाल
८ वैशाख २०७७ १०:३९

जेरुसेलम। इजरायल सरकारले कोरोनाभाइरसको परीक्षण गर्नको लागि स्थापना गरिएको उक प्रयोगशालालाई नै बन्द गर्ने घोषणा गरेको छ । यहाँको स्वास्थ्य मन्त्रालयले यो प्रयोगशालाले १९ परीक्षणमा गलत रिपोर्ट दिएको भन्दै प्रयोगशाला बन्द गर्ने घोषणा गरेको हो । समाचार एजेन्सी सिन्ह्वाका अनुसार मध्य इजरायलको वेइजम्यान इन्ष्टिच्युट अफ साइन्स (डब्लुआइएस)मा रहेको प्रयोगशाला १० अप्रिलमा संचालनमा आएको थियो ।

१९ अप्रिलमा दक्षिणी इजरायलमा रहेको असुता अस्पतालले डब्लुआइएसको परीक्षणको नतिजा गलत भएको बताएको थियो । डब्लुआइएसमा परीक्षण गरेपछि कोरोना पोजेटिभ रिपोर्ट आएका ९ जना बिरामीलाई असुता अस्पतालको कोभिड १९ वार्डमा भर्ना गरिएको थियो तर वास्तवमा ती ९ जना पूर्ण रुपमा स्वस्थ थिए । यस्तै किसिमका गलत नतिजा अन्य २ अस्पतालमा भर्ना गरिएका बिरामीमा पनि पाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *