काेराेना कहर : पर्यटन क्षेत्रमा एक खर्ब ६० करोडको क्षति हुने अनुमान

डिसी नेपाल
८ वैशाख २०७७ १३:५६

काठमाडौं । पर्यटन क्षेत्रमा कोभिड १९ का कारण एक खर्ब ६० करोड रुपैयाँ बराबरको क्षति हुने अनुमान गरिएको छ। नेपाल पर्यटन बोर्डका पूर्व सिइओ दिपक जोशीका अनुसार पर्यटन क्षेत्रमा कम्तिमा पनि एक खर्ब ६० करोड रुपैयाँ बराबरको क्षति हुने अनुमान वल्ड ट्राभल एन्ड टुरिजम काउन्सिल (डव्लु टिटिसी) ले गरेको छ।

उनले कोभिड १९ का कारण १८० देशका अन्तर्राष्ट्रिय उडानहरु बन्द भएको जानकारी दिँदै यसले नेपालका १३ लाख जनशक्तिलाई असर पारेको स्पष्ट पारे। 

‘नेपालमा पर्यटनसँग प्रत्यक्ष रुपमा पर्यटन क्षेत्रबाट रोजगारी पाइरहेका ५ लाख, सिजनल ३ लाख र सप्लाईचेन मार्फत ५ लाख भन्दा बढी जनशक्तिले रोजगारी पाइरहोक थिए। तर ती सबै यस वर्षको लागि गुमेको छ, उनीहरुको व्यवस्थापन गर्न सरकारले बैकिल्पिक उपाय सोच्न जरुरी रहेको छ,’ उनले भने।

त्यसैगरी सास्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगश भट्टराइले कोभिड १९ का कारण पर्यटन क्षेत्रमा भएको १५ खर्ब भन्दा बढीको लगानी जोखिममा परेको भन्दै पर्यटन क्षेत्रमा राहत कसरी दिने भन्ने विषयमा मन्त्रालयले अध्ययन गरिरहेको बताए।

अध्ययनका लागि मन्त्रालयले एक समिति बनाएको र सो समितिको संयोजकमा मन्त्रालयका सहसचिव घनश्याम भुषाल रहेको पनि उनले जानकारी दिए। त्यसैगरी सो समितिमा नेपाल पर्यटन बोर्डका सिइओ डा.धनन्जय रेग्मी र नागरिक उड्डयन प्राधिकरणका जिएम राजन पोखरेल सदस्य रहेको पनि मनत्रीले जानकारी दिए।

सो समितिले मन्त्रालयलाई पर्यटन क्षेत्रमा परेको क्षति र उनीहरुलाई दिइने राहत र आगामी मार्गदर्शन सहितको अध्ययन प्रतिवेदन बुझाउनेछ। उनले पर्यटन क्षेत्रमा काम गरीरहेका तर हाल बेरोजगार भएका कामदारको हकमा बैकिल्पक कामको व्यवस्था जस्तै हिमाल सफा गर्ने, बटुवा हिँड्ने बाटो बनाउने र ट्रेकिङ रुटहरु पत्ता लगाउने जस्ता कामहरु लगाउने र त्यसको उचित पारिश्रमिक पनि दिइने बताए।

मन्त्री भट्टराईले हाल पर्यटन क्षेत्रले मर्जर इन्सेन्टिभको कुराहरु उठाएकोले यस सम्बन्धमा पनि सरकार सकारात्मक रहेको स्पष्ट पारे। त्यसैगरी हानका उपाध्यक्ष प्रविण पाण्डेले लकडाउनका समयको पारिश्रमिक ५० प्रतिशत दिने एफ्एनसीसीआइको माग नै आफूहरुको माग रहेको बताउँदै पर्यटन उद्योगले पिक अप गर्नको लागि कम्तीमा २ बर्ष लाग्ने पनि जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *