कोरोनाभाइरस संक्रमणसँग सम्बन्धित यी ५ झुट जान्नु अत्यन्तै जरुरी

डिसी नेपाल
८ वैशाख २०७७ १५:२८

लण्डन (बीबीसी) । सामाजिक संजालमा कोरोनाभाइरससँग सम्बनिधत झुटा र भ्रामक खबरहरु जंगलको आगोजस्तै फैलिन्छन् र बीबीसीका टिमहरु यी फर्जी खबरको फ्याक्ट चेक गरेर वास्तविक तस्वीर आफ्ना पाठकहरुसमक्ष राख्ने कोसिस गर्छन् । बीबीसी मनिटरिङ, ड्रेण्डिङ र रियालिटी चेकका टिमहरुले बितेका हप्ता जुन खबरहरुको जाँच गरे आउनुहोस् उनीहरुबारे बुझौं ।

बीसीजी भ्याक्सिनबारे फर्जी दावी

ह्वाट्सएपमा यस्ता म्यासेज फरवार्ड भइरहेका थिए जसमा यो दावी गरिएको थियो कि बीसीजी भ्याक्सिनले कोरोनाभाइरसको संक्रमणलाई रोक्न । यो दावी आधारहीन र गलत थियो । बीसीजी अर्थात बेसिलस क्याल्मेट गुएरिनको खोप बालबालिकाहरुलाई क्षयरोगबाट बचाउनको लागि दिइन्छ । सन् २००५ सम्म बेलायतका स्कुले बालबालिकाहरुमा यो आम रोग हुने गर्थ्यो ।

बेलायतमा बीसीजीको खोप आज पनि दिइन्छ । क्षयरोग विश्वका कैयौं देशहरुमा एउटा आम रोग हो जस्तो कि सिरिया । यी देशहरुमा यो हल्ला फैलिएको छ कि यदि कुनै व्यक्तिले क्षयरोग अर्थात टिबीको खोप लगाएको भए उसले कोरोनाभाइरस संक्रमणको चिन्दा गर्नु पर्दैन किनकि बीसीजीका कारण उसमा कोभिड १९ सँग लड्ने क्षमता विकसित भएको छ ।

अरबी भाषामा ह्वाट्सएप म्यासेज

ह्वाट्सएपमा अरबी भाषामा एउटा म्यासेर चलिरहेको छ कि यदि तपाइँको पाखुरामा इन्जेक्सनको गोलो खत छ भने तपाइँ कोभिड १९ बाट ७५ प्रतिशत सुरक्षित हुनुहुन्छ । यद्यपि विश्व स्वास्थ्य संगठनले भनेको छ कि यो कुराको कुनै प्रमाण भेटिएको छेन कि बीसीजीको खोपले कोभिड १९ को संक्रमणबाट बचाव गर्छ ।

विश्व स्वास्थ्य संगठनले यो पनि बताएको छ कि कोभिड १९ को उपचारको खोजको दिशामा बीसीजी खोपलाई लिएर २ क्लिनिकल टयल चलिरहेका छन् । जब यी ट्रायल पूरा हुनेछन् त्यसपछि विश्व स्वास्थ्य संगठनले यसको निष्कर्षको जाँच गर्नेछ । गुगलले पनि मेडिकल प्रमाण उपलब्ध नहुँदा पनि उसको सर्च इन्जिनमा बीसीजीका बारेमा जानकारी खोज्नेहरुको संख्या विश्वभरमै अचानक बढेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको चिन्ता यो पनि छ कि जसरी बीसीजीको खोपको माग बढिरहेको छ त्यसबाट आवश्यककता परेका बालबालिकाको क्षयरोगबाट अचावमा समस्या आउन सक्छ । जापानले पनि यस्त चिन्ता जाहेर गरेको छ । जापान बीसीजी खोपको ठूलो आपूर्तिकर्ता हो र उसले भनेको छ कि यसको माग अचानक बढेको छ ।

इरानमा आइआरजीसीका प्रमुखको गलत दावी

इरानको रिभोल्युसनरी गार्डस कर्प्स (आइआरजीसी) का प्रमुखले गत हप्ता एक यस्तो डिभाइस देखाए जसको बारेमा उनले दावी गरे कि यो कोरोनाभाइरसबाट संक्रमित मानिसहरुको पहिचान गर्न सक्छ । इरानको फिजिक्स सोसाइटीले यो घोषणालाई ‘छद्मविज्ञान’, ‘अविश्वसनीय’ र ‘साइन्स फिक्सनको कहानी’ भनेको छ ।

यो डिभाइस झट्ट हेर्दा त्यो फर्जी बम डिटेक्टरजस्तो लाग्छ जसलाई दशकभर पहिले केही बेलायती जालसाजहरुले बेचेका थिए । यो नक्कली बम डिटेक्टर खासमा खाली डिब्बाहरु थिए र तिनीहरुमा एउटा एरियल जडान गरिएको थियो । प्रयोग गर्ने व्यक्तिको हातको दिशाको हिसाबले यसको एसियल पनि चल्ने गर्छ ।

विश्वमा गृहयुद्धबाट जुधिरहेका क्षेत्रहरुमा यी फर्जी बम डिटेक्टरहरु पुगे र आज पनि केही देशका सरकार यिनहिरुको प्रयोग गर्छन् । इरानको सरकारी टेलिभिजनमा यसको डेमो देखाइयो । आइआरजीसीका प्रमुखले जुन डिभाइस पेश गरे त्यो धेरै हदसम्म यससँग मिल्दोजुल्दो छ ।

ल्याबमा बनेको होइन कोरोनाभाइरस

इपक टाइम्सले एक भिडियो प्रकाशित गर्यो जसमा यो दावी गरिएको थियो कि कोरोनाभाइरस एक ल्याबमा तयार गरिएको विषाणु हो । फेसबुकले यो भिडियोलाई फर्जी करार गरेको छ । रोचक कुरा यो थियो कि फेसबुकमै करिब ७ करोड मानिसहरुले यो भिडियो हेरे ।

यो भिडियोको सुरुवात यति नाटकीय किसिमले हुन्छ कि मानौं यो कुनै नेटफ्लिक्सको डकुमेन्ट्री होस् । एक घण्टाको यो भिडियोमा यो जनाउने कोसिस गरिएको छ कि वुहानको उक प्रयोगशालामा कोरोनाभाइरस तयार गरियो र त्यहीँबाट खराब सुरक्षा व्यवस्थाका कारण यो लिक भयो ।

बीबीसीका विज्ञान सम्पादक पल रिंकन भन्छन् ‘यो कुराको अहिलेसम्म कुनै प्रमाण भेटिएको छेन कि वुहानको कुनै रिसर्च इन्ष्टिच्युटमा कोरोनाभाइरस तयार गरिएको थियो ।’ वैज्ञानिक विश्लेषणबाट यो कुरा थाहा भएको छ कि कोरोनाभाइरस जनावरहरुबाट अस्तित्वमा आयो र यसको निर्माण मानिसले गरेको होइन ।

मार्चमा जारी गरिएको एक अध्ययन रिपोर्टमा पनि यो कुरा दोहोर्याइएको थियो कि यो कुराको कुनै प्रमाण भेटिएको छैन कि भाइरस कुनै इन्जिनियरिङको नतिजा हो । रिपोर्टमा भनिएको थियो ‘यो असम्भव छ कि सार्स सिओभी २ अर्थात कोरोनाभाइरस ल्याबमा कुनै प्रयोगको माध्यमबाट तयार गरिएको होस् ।’

भारतीय शोधकर्ताको हवाला दिँदै…

भाइरल भएको त्यो भिडियोमा केही भारतीय शोधकर्ताको हवाला दिँदै यो दावी गरियो कि कोरोनाभाइरसमा जेनेटिक इन्जिनियरिङको माध्यमले ४ नयाँ सिक्वेंस जोडियो जो पहिलेदेखि एचआइभीमा थिए । भिडियोमा यो संकेत दिने कोसिस गरियो कि कोरोनाभाइरस मानव निर्मित हो । तर, शोधकर्ताहरुले त्यो रिसर्च पेपर कुनै पनि समीक्षाबिना फिर्ता लिए । कोरोनाभाइरसको आनुवंशिकीको बारेमा जो सूचनाहरु दिइएको थियो ती अन्य जीवित चीजहरुमा पनि सामान्य रुपमा हुन्छन् ।

युनिभर्सिटी अफ केन्टका भाइरोलोजिस्टडा. जेरेमी रोजम्यान भन्छन् ‘यी सिक्वेंस यति साना छन् कि केवल एचआइभीसँग मात्र होइन अन्य जीवित चीजहरुसँग पनि यिनीहरु मेल खान सक्छन् । यसको अर्थ यो होइन कि यी एक अर्कासँग जोडिएका छन् । इपक टाइम्स उक अमेरिकी वेबसाइट हो । यसलाई केही चिनियाँ मूलका अमेरिकीहरु चलाउँछन् । यी व्यक्तिहरु चीनसँग जोडिएको धार्मिक मत फलुन गोंगलाई मान्छन् ।

एनबीसी न्यूजको रिपोर्टमा अनुसार यो वेबसाइटले गत वर्ष डोनाल्ड ट्रम्पको पक्षमा फेसबुकमा ठूलो परिमाणमा विज्ञापन दिएको थियो । तर अगष्टमा फेसबुकले यिनीहरुमाथि अरु थप विज्ञापन दिन रोक लगाएको थियो । इपक टाइम्समाथि फेसबुकको विज्ञापन नीति उल्लंघनको आरोप लागेको थियो ।

बिल गेट्सको बारेमा हल्ला

विश्व् स्वास्थ्य संगठनलाई अमेरिकी अनुदान रोक्ने राष्ट्रपति ट्रम्पको निर्णयमाथि बिल गेट्सको आलोचनाले यो हप्ता उनको बारेमा गलत र भ्रामक कुराहरुलाई एकपटक फेरि बढावा दियो । यी हल्लाको स्वर चिरपरिचित नै थियो जस्तो कि भ्याक्सिनको लागि बिल गेट्सको समर्थनको आलोचना ।

फेसबुकमा यस्ता कैयौं पोस्ट देखिए जसमा यो दावी गरियो कि बिल गेट्सको पैसाबाट चलिरहेका रिसर्च इन्ष्टिच्युटसँग कोरोनाभाइरसको पेटेन्ट छ । यी दावी पूर्ण रुपमा निराधार हुन् । यस्ता संकेत कि कोरोनाभाइरस एक मानव निर्मित विषाणु हो र यसको पछाडि बिल गेट्सको हात छ, पूर्ण रुपमा झुटा हुन् ।

कोरोनाभाइरसको महामारी झुटो होइन

कोलम्बियाली समाचार च्यानल कनाल मोन्टेरियाले एक डाक्टरको अन्तरवार्ता प्रसारित गर्यो । अन्तरवार्तामा ती डाक्टरले दावी गरे कि कोरोनाभाइरसको महामारी पूर्ण रुपले फर्जी र वास्तवमा एक तमाशा हो ।

यद्यपि यो भिडियो अघिल्लो महिना जारी गरिएको थियो । तर, त्यो भिडियो अहिलेसम्म ८० लाखभन्दा धेरै मानिसहरुले हेरिसकेका छन् । फेसबुकमा मानिसहरु अहिले पनि यसलाई शेयर गरिरहेका छन् ।

कोरोनाभाइरसको अस्तित्व नै छैन भन्ने यो दावी पूर्ण रुपमा गलत हो । भिडियोमा आफूलाई डाक्टर बताउने व्यक्तिले दावी गर्छन् कि विषाणुलाई लिएर जति थ्योरी दिइएका छन् ती सबै गलत छन् । अन्तरवार्ता लिने व्यक्तिले ती कथित डाक्टरलाई एक पटक पनि चुनौती दिँदैनन् ।

यी व्यक्ति आफ्नो कुरालाई सही साबित गर्न युट्युबमा एउटा भिडियो हेर्न सिफारिस गर्छन् जसमा एचआइभीको अस्तित्वलाई अस्वीकार गरिएको छ । तर, ती व्यक्ति एक पटक पनि यो भन्दैनन् कि यति ठूलो संख्यामा मानिसहरु बिरामी किन भइरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *