दैलेखबाट काठमाडौंमा आई अलपत्र परेकालाई नेकपाले टोली बनाएर उद्दार गर्दै

डिसी नेपाल
८ वैशाख २०७७ २२:२३

काठमाडौं । दैलेख जिल्लाबाट राजधानीमा आई विभिन्न पेशा व्यवसायमा आवद्धहरुलाई सहयोग गर्न प्रतिनिधिभाका सांसद राजवहादुर बुढा सहितको टोली सक्रिय भएको छ । कोरोना महामारीले लकडाउन हुँदा जिल्लाबाट राजधानीमा आएकाहरुलाई समस्या परेको खण्डमा उक्त टोलीले सहयोग गर्ने छ ।

टोलीमा प्रतिनिधिसभा दैलेख क्षेत्र नं. १ का सांसद रविन्द्रराज शर्मा, प्रतिनिधिसभा सदस्य पार्वती विशुंके नेकपा केन्द्रीय कमिटि सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजाल रहेका छन् ।

यस्तै दैलेखका विभिन्न गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधि समेत सहभागी टोलीमा विद्यार्थीको लागि कल्पना थापा, जगदिश शाही, मनिषा कार्की लगायतको टोलीले संयोजन गरिरहेको छ ।

दैलेखबाट आई काठमाडौंमा अस्थाई बसोबास गरेका दाजुभाई तथा दिदी बहिनीलाई कोभिड– १९ को महामारीका बेला सहयोग गर्न टोली बनाइएको विद्यार्थी संयोजन गर्ने कल्पना थापाले जानकारी दिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *