भ्रष्टाचार विरोधी अन्तर्राष्ट्रिय कविता प्रतियोगिता, उत्कृष्टलाई हजार अमेरिकी डलर पुरस्कार
![भ्रष्टाचार विरोधी अन्तर्राष्ट्रिय कविता प्रतियोगिता, उत्कृष्टलाई हजार अमेरिकी डलर पुरस्कार](https://www.dcnepal.com/wp-content/uploads/2020/04/hem.jpg)
काठमाडौं । अमेरिकाको टेक्सस निवासी समाजसेवी हेम पाठक र उनकी धर्मपत्नी सरिता पाठकले आफ्नै नाममा स्थापना गरेको हेम–सरिता पाठक फाउण्डेशनले अन्तर्राष्टिय स्तरको कविता प्रतियोगिताको आयोजना गरेको छ।
कविता भ्रष्टाचार विरोधी हुनुपर्ने जानकारी दिंदै फाउण्डेसनले जारी गरेको प्रेस विज्ञप्तिमा उत्कृष्ट हुने कवितालाई १ हजार अमेरिकी डलर पुरस्कार दिइने उल्लेख गरेको छ । फाउण्डेसनले निम्न नियमभित्र रहेर सो प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ।
कविता प्रतियोगिताबोर नियमहरु
१. आफ्नो कविता इमेल मार्फत पठाउनुपर्नेछ ।
२. कविता टाइप गरेको हुनुपर्नेछ ।
३. कविता अप्रकाशित र बढीमा २०० शब्दको हुनुपर्नेछ।
४. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरू स्वत अस्वीकृत हुनेछन्।
५. एकजना कविले एउटा मात्र कविता पठाउन सक्नेछ । एकभन्दा बढी आएमा कविता स्वतः बदर हुनेछन् ।
६. कविता कान्तिपुर, प्रीति वा मङ्गल फन्टमा मात्र पठाउनुपर्नेछ।
७. कविता नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । कविले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ ।
८. प्रतियोगिताका लागि प्राप्त कविता कुनै पनि साहित्यिक सन्जालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्वप्रकाशित भएको पाइएमा स्वतस् अस्वीकृत गरिनेछ ।
९. प्रतियोगिताका लागि प्राप्त कवितामा अरू कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वत अस्वीकृत हुनेछ ।
१०.प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।
११. कविता प्राप्त हुनुपर्ने अन्तिम दिन ३० जेठ २०७७ हुनेछ ।
१३. पुरस्कार : नगद १०००/- यु.एस.डलर (प्रमाणपत्रसहित) हुनेछ ।
१४. पुरस्कारको निर्णयअघि उत्कृष्ट २५ कविताको सूची तयार गरिनेछ। उत्कृष्ट सूचीमा परेका कविताहरुको सम्बन्धित कविहरुले आआफ्नो स्वरमा भिडियो रेकर्ड तोकिएको समयमा पठाउनुपर्नेछ ।
१५. यस प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरुको सङ्ग्रह प्रकाशित गरिनेछ ।
उक्त कविता प्रतियोगितामा सहभागी हुनका लागि फाउण्डेशनको इमेल hemsaritapathak@gmail.com मा पठाउनुपर्ने छ ।
Facebook Comment