उत्तर कोरियाली नेता किम जोंग उनको जीवन गम्भीर खतरामा

डिसी नेपाल
९ वैशाख २०७७ १०:१२

काठमाडौं। अमेरिकी गुप्तचर निकायले उत्तर कोरियाली नेता किम जों उनको जीवन गम्भीर खतरामा रहेको र अमेरिकी गुप्तचरले यसको अनुगमन गरिरहेको जनाएको छ । हालै गरिएको एक शल्यक्रियापछि किम गम्भीर खतरामा रहेको एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ

हालै किम आफ्ना हजुरबुवाको जयन्तिका अवसरमा अप्रिल १५ मा आयोजित कार्यक्रममा अनुपस्थित रहेका थिए । यसँगै उनको स्वास्थ्यमा समस्या रहेको दावीले बल पाएको थियो ।

उनी त्यो कार्यक्रमको ४ दिन अघि मात्र एक सरकारी बैठकमा देखिएका थिए । त्यसपछि उनी सार्वजनिक रुपमा देखिएका छैनन् ।

अर्का अमेरिकी अधिकारीले सोमबार सिएनएनलाई बताए अनुसार किमको स्वास्थ्यका विषयमा आएका कुराहरु विश्वसनीय हुन् तर गम्भीरताको बारेमा जानकारी पाउन कठिन छ ।

दक्षिण कोरियामा रहेर उत्तर कोरिया केन्द्रित समाचार सम्प्रेषण गर्ने डेलीएनकेका अनुसार अप्रिल १२ मा किमको कार्डियोभास्कुलर सम्बन्धी शल्यक्रिया गरिएको थियो ।

यो मुटुसँग सम्बन्धित उपचार हो । सुरुमा किमको उपचार ह्याङ्गसान काउन्टीमा भएको र उनको स्वास्थ्यमा सुधार हुँदै आएपछि १९ अप्रिलमा उनलाई प्योंगयांग ल्याएर उपचार गरिएको डेलीएनकेले लेखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *