विशेष किसिमको अल्ट्राभायोलेट किरणले कोरोनाभाइरस मार्न सकिने

डिसी नेपाल
९ वैशाख २०७७ १२:५२

काठमाडौं। अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया युनिभर्सिटीका एक वैत्रानिकले खास प्रकारको अन्ट्राभायोलेट (युभी) किरणबाट कोरोनाभाइरस मार्न सकिने बताएका छन् । सेन्टर अफ रेडियोलोजिक रिसर्चका निर्देशक डेभिड ब्रेनरले वर्षौंदेखि युभी किरणको प्रयोगका विषयमा अनुसन्धान गर्दै आइरहेका छन् ।

डेलीमेलको रिपोर्टअनुसार जर्मिसाइडल युभी किरणको प्रयोग अस्पतालका कोठाहरु र मेसिनहरुलाई सफा गर्नको लागि गरिन्छ । यद्यपि मानिसको छालालाई भने परम्परागत जर्मिसाइडल युभी किरणबाट नोक्सानीको खतरा हुन्छ । यसबाट आँखाको समस्या र छालाको क्यान्सर हुन सक्छ । तर, फार युभीसीहरु भने माइक्रोब्सलाई मार्न सक्षम हुन्छन् र मानव शरीरको लागि पनि हानीकारक हुँदैनन् । फार युभीसीबाट छालाका कोषहरु क्षतिग्स्त हुँदैनन् ।

अमेरिकी वैज्ञानिक डेभिड ब्रेनर कोरोनाभाइरसको संक्रमण सुरु हुनुभन्दा पहिल्यैदेखि फार युभीसीको प्रयोगका विषयमा अनुसन्धान गरिरहेका छन् । उनले धेरै पहिलेदेखि यो किरण कसरी वातावरणमा रहेका भाइरस मार्न सक्षम हुन्छ भन्ने अनुसन्धान गरिरहेका थिए । २०१८ मा साइन्टिफिक रिपोर्टस्मा एक रिसर्च स्टडी व्रकाशित भएको थियो । डेभिड ब्रेनर यसका सह लेखक थिए । अध्ययनमा फार युभिसी कोरोनाजस्तै भाइरसलाई ९५ प्रतिशतसम्म मार्न सक्षम रहेको उल्लेख थियो ।

वैज्ञानिक डेभिड ब्रेनरले यसअघि पनि २ अन्य कोरोनाभाइरसमा किरणको असरको जाँच गरिसकेका छन् । अब उनको टिमले कोभिड १९ भाइरसमाथि यो प्रयोग गर्दैछ । खासमा भाइरसहरु पातलो मेम्ब्रेनले ढाकिएका हुन्छन् जो युभी किरणका कारण टुक्रिन्छन् । एबीसी न्यूजसँग कुरा गर्दै ब्रेनरले फार युभीसीको निकै कम डोजबाट ९९ प्रतिशत भाइरस मार्न सफलता पाएको बताएका छन् ।

ब्रेनरले सबै भाइरसमा गरिएको प्रयोगमा उस्तै नतिजा आएकोले कोभिड १९ को हकमा फरक नतिजा आउने सम्भावना न्यून रहेको बताए । यद्यपि अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले अहिलेसम्म फार युभीसीको प्रयोगको अनुमति दिएको छैन । डेभिड ब्रेनरका अनुसार यदि सरकारी एजेन्सीले अनुमति दिएमा सार्वजनिक स्थानमा यो किरणको प्रयोग गरेर भाइरस मार्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *